काठमाडौँ | यू–१९ एसिया कप क्रिकेटमा नेपालले बंगलादेशलाई १४२ रनको सामान्य लक्ष्य दिएको छ ।
यूएई दुबई क्रिकेट स्टेडियममा जारी खेलमा नेपाल ४५.४ ओभर १४१ रन बनाएर अलआउट भएको हो ।
नेपालका लागि आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाए । सो क्रममा उनले ७७ बलमा ५ चौका प्रहार गरे । उत्तम मगर र अभिषेक तिवारीले २९-२९ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
बंगलादेशका लागि रिजन होसान र अल फाहादले २–२ विकेट लिए । टस जितेर बंगलादेशले पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।