२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल प्रिमियर लिग खेल्न काठमाडौं आइपुगे जिम्मी निसम

२०८१, १६ मंसिर आईतवार १७:०६

काठमाडौँ | न्युजिल्याण्डका स्टार अलराउण्डर जिम्मी निसम नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं आइपुगेका छन्। उनी जनकपुर बोल्ट्सबाट खेल्नेछन्। पहिलो पटक नेपाल आएका ३४ वर्षीय निसमले एनपीएलमा सहभागी हुन उत्साहित भएको बताएका छन्। उनले बोल्ट्सका बेन माइकसँग पहिल्यै विभिन्न लिगमा सँगै खेलेको अनुभव रहेको बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निसमलाई जनकपुर बोल्ट्सका निर्देशक अमित श्रेष्ठ र एमडी निरोज खतिवडाले स्वागत गरेका थिए।

एनपीएलको उद्घाटन खेलमा शनिबार जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ। निसमले भने पहिलो खेल गुमाएका थिए। तर, निसमको आगमनसँगै बोल्ट्सको टोली झन् बलियो बनेको छ।

निसम जनकपुर बोल्ट्समा अनुबन्धित सबैभन्दा चर्चित खेलाडी हुन्। उनले न्युजिल्याण्डका लागि १२ टेस्ट, ७६ ओडीआई, र ७९ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनीसँग इन्डियन प्रिमियर लिग (आईपीएल) र अन्य विभिन्न अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा खेल्ने अनुभव छ।

सन् २०१९ को वनडे वर्ल्डकप र २०२१ को टी-२० वर्ल्डकपमा न्युजिल्याण्ड उपविजेता हुँदा निसम टोलीका महत्वपूर्ण सदस्य थिए। उनले हालै भएको वेष्टइन्डिज र अमेरिकामा आयोजित आईसीसी टी-२० विश्वकपमा पनि सहभागीता जनाएका थिए।

जनकपुर बोल्ट्सका विकेटकिपर आसिफ शेख मार्की प्लेयर हुन् भने टोलीको मुख्य प्रशिक्षक नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके हुन्। निसमको आगमनले बोल्ट्सलाई उपाधि यात्रामा थप मजबुत बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति