२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल प्रिमियर लिग खेल्न काठमाडौं आइपुगे जिम्मी निसम

१६ मंसिर २०८१, आईतवार १७:०६

काठमाडौँ | न्युजिल्याण्डका स्टार अलराउण्डर जिम्मी निसम नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं आइपुगेका छन्। उनी जनकपुर बोल्ट्सबाट खेल्नेछन्। पहिलो पटक नेपाल आएका ३४ वर्षीय निसमले एनपीएलमा सहभागी हुन उत्साहित भएको बताएका छन्। उनले बोल्ट्सका बेन माइकसँग पहिल्यै विभिन्न लिगमा सँगै खेलेको अनुभव रहेको बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निसमलाई जनकपुर बोल्ट्सका निर्देशक अमित श्रेष्ठ र एमडी निरोज खतिवडाले स्वागत गरेका थिए।

एनपीएलको उद्घाटन खेलमा शनिबार जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ। निसमले भने पहिलो खेल गुमाएका थिए। तर, निसमको आगमनसँगै बोल्ट्सको टोली झन् बलियो बनेको छ।

निसम जनकपुर बोल्ट्समा अनुबन्धित सबैभन्दा चर्चित खेलाडी हुन्। उनले न्युजिल्याण्डका लागि १२ टेस्ट, ७६ ओडीआई, र ७९ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनीसँग इन्डियन प्रिमियर लिग (आईपीएल) र अन्य विभिन्न अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा खेल्ने अनुभव छ।

सन् २०१९ को वनडे वर्ल्डकप र २०२१ को टी-२० वर्ल्डकपमा न्युजिल्याण्ड उपविजेता हुँदा निसम टोलीका महत्वपूर्ण सदस्य थिए। उनले हालै भएको वेष्टइन्डिज र अमेरिकामा आयोजित आईसीसी टी-२० विश्वकपमा पनि सहभागीता जनाएका थिए।

जनकपुर बोल्ट्सका विकेटकिपर आसिफ शेख मार्की प्लेयर हुन् भने टोलीको मुख्य प्रशिक्षक नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके हुन्। निसमको आगमनले बोल्ट्सलाई उपाधि यात्रामा थप मजबुत बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव