२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

जनकपुर बोल्ट्सको लगातार दोस्रो जित, ८ विकेटले हरायो कर्णाली याक्सलाई

२०८१, १७ मंसिर सोमबार १६:०५

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध शानदार जित दर्ता गरेको छ। १४२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५ ओभर १ बलमा मात्र २ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।

जनकपुरका कप्तान अनिलकुमार शाहले अर्धशतकीय इनिङ खेल्दै टोलीलाई जित दिलाए। उनी ६२ रनमा अविजित रहे। अनिल र आसिफ शेखले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरे। आसिफले ३६ रन बनाए भने लाहिरू मिलन्थाले २४ रन योगदान दिए। जिमी निशम १६ रनमा अविजित रहे।

कर्णालीका बलरमध्ये मौसम ढकाल र जिशन मक्सुदले एक/एक विकेट लिएका थिए।

त्यसअघि, टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो। कर्णालीका कप्तान सोमपाल कामीले १३ बलमा २९ रनमा अविजित इनिङ खेले भने अर्जुन घर्तीले २२ बलमा ३३ रन बनाए। पछिल्लो दुई ओभरमा कर्णालीले ४३ रन थपेको थियो, जसमा अर्जुनले १९औं ओभरमा २२ रन प्रहार गरेका थिए। गुल्सन झाले पनि ३६ रनको योगदान दिए।

यद्यपि, कर्णालीका विदेशी खेलाडी प्रदर्शन गर्न असफल भए। भारतीय स्टार शिखर धवन १४ बलमा १४ रन बनाएर आउट भए। अन्य विदेशी खेलाडी चाडविक वाल्टन (८ रन), बाबर हायत (१२ रन), र जिशन मक्सुद (० रन) फ्लप भए।

जनकपुरका बलर मोहम्मद मोहसिनले सर्वाधिक २ विकेट लिए। जनकपुरको यो दोस्रो जित हो। यसअघि शनिबार भएको पहिलो खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त