२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नो टोलीको उत्कृष्ट प्रदर्शनबारे के भन्छन् जनकपुरका प्रशिक्षक पुबुदु?

१७ मंसिर २०८१, सोमबार १७:४७

काठमाडौं | नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले उत्कृष्ट प्रदर्शन जारी राख्दै लगातार दोस्रो जित दर्ता गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्यो। यसअघि उद्घाटन खेलमा पनि जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटकै अन्तरले हराएको थियो।

कीर्तिपुरको मर्मत गरिएको नयाँ पिचमा अन्य टोलीहरूले ब्याटिङमा संघर्ष गरिरहँदा जनकपुरले भने सहज खेल प्रदर्शन गर्दै आफ्नो प्रभुत्व कायम राखेको छ। दुबै खेलमा लक्ष्य पछ्याउने क्रममा जनकपुरले दुई-दुई विकेट मात्र गुमाएको छ।

खेलबारे जनकपुरका प्रशिक्षक पुबुदु दासानायकेले मैदानको विश्लेषण गरेर खेलका लागि तयारी गरेको खुलाए। ‘हामी मैदानको अवस्थाबारे सचेत थियौं। तीन खेलको विश्लेषण गर्दा अन्य टोलीका घरेलु खेलाडीहरूले पिचको उपयोग गर्न सकेनन्। तर, कर्णालीका गुल्सन र सोमपालले राम्रो ब्याटिङ गरे,’ पुबुदुले भने।
उनले अनिल साह र आसिफ शेखजस्ता अनुभवी ब्याटरको टोलीमा उपस्थितिलाई जनकपुरको भाग्यका रूपमा हेरे। ‘उनीहरू यहाँका बलरहरूको बारेमा राम्रो जानकारी राख्छन्, जसले टोलीलाई फाइदा पुगेको छ,’ उनले थपे।

पुबुदुले आफ्नो टोलीको तयारीबारे बताउँदै भने, ‘हाम्रो क्याम्प शान्त छ, र हामी योजनाअनुसार मैदानमा खेलिरहेका छौं। दुई खेलमा सफल भयौं, र अब बाँकी खेलका लागि पनि तयार छौं।’

यद्यपि, उनले आफ्नो टोलीको तल्लो क्रमको ब्याटिङमा अझै सुधारको आवश्यकता रहेको स्वीकार गरे।
जिमी निशमसहित टोलीका अन्य खेलाडीहरूको प्रदर्शनलाई सुधार गर्न छुट्टै योजना बनाएको दासानायकेले बताए।

यू-१९ टोलीबाट एसिया कप खेल्न युएई गएका हेमन्त धामी र आकास त्रिपाठी टोलीमा फर्किएपछि उनीहरूलाई खेलको अवस्था अनुसार मौका दिने योजना रहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव