काठमाडौँ | युएईमा जारी यू-१९ एसिया कपमा अफगानिस्तानविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ ।
एसिया कपको तेस्रो खेलमा नेपाल अफगानिस्तानविरुद्ध नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गरेको हो ।
अफगानिस्तानले २९ ओभरमा ८ विकेट गुमाएर ९९ रन जोडेको छ । अफगानिस्तानका फैखल खानले ५२ रन जोड्दा अन्य ब्याटरले रन बनाउन सकेका छैनन् ।
बलिङमा नेपालका युनिस ठकुरीले ३, अभिषेश तिवारी र कप्तान हेमन्त धामीले २–२ र सन्तोष यादवले एक विकेट लिएका छन् । यसअघिका दुई खेल गुमाएको नेपाल सेमिफाइलन दौडबाट भने बाहिरिसकेको छ ।