काठमाडौँ | नेपाल प्रियिमर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध चितवन राइनोजले चौथो विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्ल ३८ रनमा आउट भएका हुन् । उनले २३ बलमा १ चौका र ४ छक्का प्रहार गरे ।
उनलाई पोखराका सागर ढकालले आउट गरेका हुन् ।
यसअघि लुक बेन्केनस्टाइनले १६, हसन इसाखिल १४, र दीपक बोहरा २ रन बनाएर आउट भएका थिए ।
हाल चितवन राइनोजले १५ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १२७ रन बनाएर खेलिरहेको छ।