काठमाडौँ | नेपाल प्रियिमर लिग (एनपीएल)मा चितवन राइनोजले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्स दबाबमा परेको छ।
पोखरा एभेन्जर्सले चौथो ओभरमा ६ विकेट गुमाएर मात्र ७ रन जोडेको छ।
रिजन ढकालले पनि एकै ओभरमा ३ विकेट लिएका हुन । रिजनले दिनेश खरेल,किरण ठगुन्ना र माइकल लिस्कलाई आउट गरेका हुन् । यसअघी चितवनका शोहिल तानभीरले पनि ३ विकेट लिएका थिए ।
कप्तान तथा ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भए । पहिलो ओभरको पाँचौं बलमा दिलिप नाथ ४ र अन्तिम बलमा बास डे लिड शुन्य रनमा आउट भए ।