२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

प्रदेश नं १ स्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु

२०७४, २९ भाद्र बिहीबार १०:४४

भदौ २९, तेह्रथुम। तेह्रथुमको म्याङ्लुङमा प्रदेश नं १ स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता आजदेखि शुरु भएको छ । 

जिल्लामा बढ्दो ब्याडमिन्टन मोह र यसको विकासका लागि तेह्रथुम ब्याडमिन्टन संघले आयोजना गरेको सो प्रतियोगिता म्याङ्लुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले उद्घाटन गर्नुभयो । 

‘पर्यटन प्रवद्र्धनका लागि खेलकुद’ भन्ने नारासहित आयोजित प्रतियोगितामा तेह्रथुमसहित पूर्वका धनकुटा, संखुवासभा, भोजपुर, सुनसरी र मोरङका ३२ टोली सहभागी छन् । पैतालितस वर्षमाथिकाले मात्रै खेल्न पाउने गरी आयोजित भेट्रानतर्फ १६ टोली सहभागी छन् । प्रतियोगितामा विजयी हुनेलाई नगद रु ४० हजारसहित कप, पदक र प्रमाणपत्र प्रदान गरिने आयोजक संघका अध्यक्ष नारायणलाल श्रेष्ठले बताउनुभयो । 

यस्तै दोस्रो र तेस्रो हुनेले क्रमशः नगद रु २५ र १५ हजारसहित कप, पदक र प्रमाण पत्र प्राप्त गर्ने छन् भने भेट्रानतर्फ प्रथम हुने टोलीले रु २० हजार, दोस्रो हुने टोलीले रु १५ हजार र तेस्रो हुने टोलीले रु पाँच हजार पुरस्कार पाउनेछन् । 

गतवर्ष यहाँका चर युवाले व्यक्तिगत लगानीमा कभर्ड हल निर्माण गरेपछि सो हलमा जिल्लामै पहिलोपटक ठूलो ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको हो । यहाँका महेश आचार्य, सन्तोष बराल, तेजु खड्का र राजबहादुर थापाले निजी लगानीमा तेह्रथुम कभर्ड हल बनाएका थिए । 

प्रतियोगितामा सहभागी खेलाडीलाई आवासको समेत व्यवस्था आयोजक आफैँले गरेको छ । प्रतियोगिता सञ्चालनका लागि करिब रु पाँच लाख खर्च हुने बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित