२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग

२०८२, ११ फाल्गुन सोमबार १७:३२

काठमाडौँ | राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) ७ हप्तादेखि गम्भीर चोटका कारण मैदानबाहिर छन् । उनी अष्ट्रेलियाको महिला फुटबल लिग (ए लिग वुमन) खेल्ने क्रममा घाइते भएकी हुन् । सावित्रा भन्छिन्, ‘सोचेजस्तो हुन्थ्यो भने अहिले म चोटको शल्यक्रिया गरेर फिजियो सुरु गरेको केही समय बितिसक्ने थियो, तर अझै पनि उपचारका लागि भौँतारिएको छु ।’

सावित्राको घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियामा राखिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ । यसका लागि पुनः जटिल शल्यक्रियाको आवश्यकता छ । त्यस्तै, अघिल्लो पटक एन्फाको नेतृत्वमा आफ्नो उपचारमा सम्पूर्ण व्यवस्थापन सहयोग भएको तर यसपालि भने अपेक्षित सहयोग नपाइएको सावित्राको गुनासो छ । उनी भन्छन्, ‘चोट लागेपछि ३ साताभित्र क्लबले शल्यक्रियाको मिति तोक्दा पनि एन्फाबाट प्रक्रिया अघि बढेन । मैले पटक पटक प्रयास गरे पनि सम्पर्क हुन सकेन । अघिल्लो साता एन्फा अध्यक्ष आफैँले प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । उहाँले नगद ५ लाख रुपैयाँ सहयोग गर्ने र अन्य प्रक्रिया आफैँ गर्न भन्नुभयो ।’

सावित्राले थपिन, ‘क्लब न्यूजिल्याण्डको स्थानीय अस्पतालमा मेरो उपचार गर्न तयार छ । तर, मेरो चोट गम्भीर छ । मैले पछिल्लो पटक कतारको अस्पेटारमा उच्च स्तरको उपचार गराएकी थिए र म पुनः सोही अस्पतालमा उपचार गराउन चाहन्छु । मेरो उपचारमा करिब ८० हजार अमेरिकी डलर खर्च हुने अनुमान छ ।’सावित्राले आर्थिक रूपमा सहयोगको याचना गर्दै भनिन्, ‘मैले आफ्नो करियरमा सधैँ कठिनाइहरूको सामना गरेकी छु । यस पटक पुनः माथि उठ्न तपाईँको सहयोग आवश्यक परेको छ । आफ्नो अभिभावक मानेको एन्फा नै पछि हटेपछि मेरो साथमा अब आम समर्थकहरू हुनुहुन्छ । मैले देशको लागि सधैँ शत प्रतिशत दिएकी छु र भविष्यमा पनि दिन तत्पर छु । आर्थिक रूपमा मैले आजसम्म आर्जन नगरेको रकम यही उपचारका लागि आवश्यक परेको छ ।’

सावित्राले आफ्ना समर्थकहरूलाई अपिल गर्दै थपिन्, ‘मैले यो अवस्था आउला भन्ने सोचेको थिइन । राष्ट्रिय टोलीको कप्तानको रूपमा मैले यस कठिन परिस्थितिसँग सामना गर्नुपर्‍यो भने अरू खेलाडीको अवस्था कस्तो होला ? सोच्नुस् । तपाईँको सहयोगले मात्र म पुनः मैदान फर्कन सक्छु ।’

सावित्राको उक्त अपिलपछि नेपाली फुटबल र खेलकुद प्रेमीहरूले सावित्रालाई आवश्यक सहयोग जुटाउने दिशामा अग्रसर गराउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते