२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टस हारेर फिल्डिङ गर्दै नेपाल

२०७४, १५ फाल्गुन मंगलवार ११:३७

फागुन १५, काठमाडौँ | वर्षाका कारण प्रभावित बनेको नेपाल र युएईबीचको पहिलो अभ्यास खेल शुरु भएको छ । जिम्बावेको क्वे क्वे स्पोर्टस् क्लबको खेल मैदानमा नेपालले टस हारेर पहिले फिल्डिङको निम्तो पाएको छ । 

आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको पहिलो अभ्यास खेलमा वर्षा बाधक बनेपछि खेल निर्धारित समयमा हुन सकेको थिएन । 

खेल शुरु हुनुअगावै वर्षाका कारण मैदान भिजेपछि निर्धारित समयमा खेल हुन सकेको थिएन । निर्धारित ५० ओभरको खेललाई २९ ओभरमा छोट्याइएको छ । 

यही फागुन २० गतेदेखि जिम्बावेमा हुने उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बावेसँगै अफगानिस्तान, स्कटल्याण्ड र हङ्कङ छन् । 

नेपालले फागुन २० गते जिम्बावेसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । विश्वकप छनोट प्रतियोगिताको शीर्ष दुई टोलीले सन् २०१९ मा इङ्ल्याण्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाउने छन् । 

नेपाली टोलीमा कप्तान पारस खड्कासहित ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, सोमपाल कामी, करन केसी, अनिलकुमार साह, वसन्त रेग्मी, शक्तिप्रसाद गौचन, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, रोहितकुमार पौडेल र ललित राजवंशी छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते