२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

डिपिएल: धनगढी र काठमाडौँ फाइनलमा भिड्दै

२०७४, ३० चैत्र शुक्रबार ०७:२८

चैत ३० धनगढी | यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा अहिले टिम चौराह धनगढी र काठमाडौँ गोल्डेन्सबीच खेल भइरहेको छ । 

रु २५ लाख पुरस्कारका लागि प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा प्रतिष्पर्धा भइरहेको छ । टस जितेपछि धनगढीले ब्याटिङ गरिरहेको छ । धनगढी डिपिएलको गत संस्करणको विजेतासमेत हो । 

बिहीबार महेन्द्रनगर युनाइटेडलाई काठमाडौँ गोल्डेन्सले पाँच विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । यस्तै प्ले अफअन्तर्गत गत मंगलबार पहिलो क्वालिफायरमा काठमाडौँलाई एक विकेटले हराउँदै धनगढीले फाइनलको यात्रा तय गरेको थियो । 

धनगढीको कप्तानी सोमपाल कामीले तथा काठमाडौँको नेतृत्व ज्ञानेन्द्र मल्लले गरिरहेका छन् । धनगढी प्रिमियर लिग गत चैत १७ गतेदेखि शुरु भएको हो । प्रतियोगिताको उपविजेताले रु १० लाख पुरस्कार प्राप्त गर्नेछ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ