२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिल्लीले लिईछाड्यो बदला, स्टाइलिस् अवार्ड पाएका सन्दिपको बलिङ स्टाइल मिश्रले सिक्दै

२०७५, ४ जेष्ठ शुक्रबार १८:५१

जेठ ४, काठमाडौँ | भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा दिल्ली डेयरडेभिल्सले चेन्नई सुपरकिंग्सलाई ३४ रनले पराजित गरेको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले घरेलु मैदान फिरोजशाह कोटलामा भएको आईपीएल सिजन ११ अन्तर्गत ५२ औं खेलमा चेन्नईलाई २० ओभरको पुरा खेलमा १६३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर चेन्नईले उक्त लक्ष्य पुरा गर्न सकेन । चेन्नईले लक्ष्य पछ्याउने क्रममा २० ओभरमा ६ विकेट गुमाई १२८ रन मात्र बनाएर पराजित भएको हो ।


खेलमा चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले टी-२० अन्तर्गत आफ्नो ६ हजार रन पुरा गरेका छन् । त्यस्तै चेन्नईका लागि अम्बाती रायुडूले ५० रन को पारि पारी खेले । यो उनको आईपीएलमा १७ औं र यस सीजनको तेश्रो अर्धसतक हो । त्यस्तै खेलमा सुरुदेखिनै दवाबमा परेको चेन्नईका लागि सेन वाट्सनले १४ रन मात्र जोड्न सके भने त्यसपछि सुरेश रैनालाई नेपालका सन्दिप लामिछानेले १५ रनमै आउट गरिदिए |  त्यस्तै कप्तान महेन्द्र सिंह धोनी १७ रन बनाएर आउट भए भने त्यसपछि साम बिलिंस र द्वाने ब्राभोले १/१ रन मात्र जोड्न सके  | खेलमा नट आउट रहेका रविन्द्र जाडेजाले २७ रन र दिपक चाहरले १ रन बनाएका थिए | 

चेन्नईलाई सस्तैमा समेट्ने क्रममा दिल्लीका लागि ट्रेन्ट बोल्ट र अमित मिश्राले २/२ विकेट लिए भने सन्दिप लामिछाने र हर्षल पटेलले १/१ विकेट लिए | आजको खेलमा हर्षल पटेल म्यान अफ द म्याच घोषित भए भने सन्दिप लामिछानेलाई स्टाइलिस प्लेयर अवार्ड प्रदान गरिएको छ | 

तश्विरमा: सुरेश रैनाको महत्वपूर्ण विकेट लिएपछी सन्दिप लामिछाने सहित खुसियाली मनाउँदै । 

यस अघि टस हारेर ब्याटिङ गरेको दिल्लीले चेन्नइसामु १६३ रनको चुनौति दिएको थियो । दिल्लीका लागि रिशव पन्तले २६ बलमा ३८ रन बनाएर आउट हुँदा बिजय शंकर र हर्सल पटेलले अविजित समान ३६ रन बनाएका थिए । दिल्लीको कप्तानी सम्हालेका श्रेयस ऐयरले २२ बलमा १९ रन बनाए ।  खेलको अन्तिम ओभरमा हर्षलले दिल्लीको लागि २६ रन जोडेर १६२ रन बनाउन सहयोग गरेका थिए |

खेलमा दिल्लीको विकेट लिने क्रममा लुँगी निग्दिले २ विकेट, दिपक चाहर, रविन्द्र जाडेजा र सार्दुल ठाकुरले १/१ विकेट लिए |

आजको खेल जितेसँगै आइपिएलमा अन्तिम ४ मा पर्न नसके पनि दिल्लीले सम्मानजनक जित हाँसिल गर्दै आफ्नो बलियो स्थितिलाई उजागर गरेको छ | 

खेलमा सबैभन्दा तल्लो स्थानमा रहेको दिल्लीले अहिलेसम्म १३ खेलमा ४ खेल जित्दै ८ अंक जोडेको छ | 

यसै बीच खेललगत्तै बोल्दै दिल्लीका होनाहार बलर अमित मिश्राले सन्दिप लामिछाने बारे बोल्दै सन्दिप लामिछानेले निकै राम्रो खेलेको बताए | सन्दिपलाई आइपिएलमा धेरै कुरा सिकाईरहेका अमितले सन्दिपलाई कोसँग खेल्दैछु भन्ने भुलेर यस अघि जसरी खेल्छौं त्यसैगरि खेल्न भनेको र त्यसै अनुसार खेल्दा सन्दिपले निकै राम्रो खेलेको बताए | उनले भने मैले पनि सन्दिपबाट सिधा बल कसरी हान्छन् भन्ने कुरा सिकीरहेको बताए | उनले भने – 'खेलमा मैले सन्दिपले सिधा बलिङ कसरी गर्छन भन्ने कुरा सिकिरहेको र आइपिएल नसकिएसम्ममा सन्दिपबाट उक्त कला सिकीसक्छु |'  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति