८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्पेन र पोर्चुगल सहित आज विश्वकपमा महत्वपूर्ण ३ खेल हुँदै: कुन खेल कति बजे हुँदैछ ?

६ असार २०७५, बुधबार ०२:०४

असार ६, काठमाडौँ | स्पेन र पोर्चुगल सहित आज विश्वकपमा महत्वपूर्ण ३ खेलहरु हुँदैछन् | आजको खेलमा पहिलो खेल पोर्चुगलबिरुद्ध मोरक्कोको हुनेछ | यस अघि स्पेन सँग ३-३ गोल बराबरीमा खेलेपछि पोर्चुगललाई आजको खेल जित्नुपर्ने छ | त्यसो त आजको खेलमा मोरक्कोले पोर्चुगलका स्टार खेलाडी रोनाल्डोसँग निकै बचेर खेल्ने रणनीति लिनेछ | रोनाल्डो एक्लैले बलियो टिम स्पेनलाई ३ गोल गरेका थिए | आज पोर्चुगल र मोरक्कोको खेल नेपाली समय अनुसार बेलुका ५:४५ बजे हुँदैछ |


त्यस्तै आजको दोश्रो खेल बेलुका ८:४५ बजे उरुग्बे र साउदी अरवबीच हुँदैछ | यस अघि आयोजक राष्ट्र रुससँग ५-० गोल अन्तरले पराजित भएको साउदीले ३ अंक बटुलीसकेको उरुग्बेसँग सामना गर्नुपर्ने छ | यदी आजको खेलमा पराजित भए साउदी समूह चरणबाटै बाहिरिनेछ | समुह चरणमा समूह 'ए' मा लगातार २ खेल जित्दै रुसले अन्तिम १६ को लागि स्थान बनाईसकेको अवस्थामा यो ग्रुपमा रहेका साउदी अरवलाई आजको खेल जित्नु अत्यावश्यक हुनेछ | 


त्यस्तै आजको अन्तिम खेल इरान र स्पेन बीच हुँदैछ | ग्रुप 'बी' अन्तर्गत इरान ३ अंकले अगाडी छ भने स्पेनको १ अंक मात्र छ | आजको खेलमा स्पेनले इरानलाई हराउन सके र पोर्चुगलले पनि मोरक्कोलाई हराउन सके स्पेन र पोर्चुगलको समान ४/४ अंक हुनेछन् | इरानले आत्मघाती गोलले मोरक्कोलाई पराजित गरेको कारण स्पेनलाई आजको खेलमा इरानलाई जित्न त्यति असहज भने नहोला तर जर्मनी जस्तो राष्ट्र समेत पराजित भएको २०१८ को विश्वकपमा कसले कस्तो रक्षात्मक खेल खेल्छ भनेर भविष्यवाणी गर्न सक्ने अवस्था भने छैन | जे होस् आजको खेल निकै रोमान्चकपुर्ण रहनेछन | त्यसो त अन्तिम १६ को लागि यात्रा तय गर्ने महत्वपूर्ण खेल सुरु भईसकेकोकाले अबका सबै खेल निकै महत्वपूर्ण रहनेछन | 

मंगलबारका ३ खेलको नतिजा: 

यस अघि मंगलबार भएका बिभिन्न ३ खेलमा जापानले कोलम्बियालाई २-१ गोल अन्तरले पराजित गरेको छ भने सेनेगालले पोल्याण्डलाई पनि २-१ गोल अन्तरले पराजित गरेको छ | त्यस्तै रुसले इजिप्टलाई ३-१ गोल अन्तरले पराजित गरेको छ | विश्वकपको समुह 'ए' मा रहेको रूसले इजिप्टलाई ३-१ अन्तरले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको हो । विश्वकपमा रूसको समुहले १९७० (तत्कालीन सोभियत संघ) पछी पहिलो पटक लगातार दुई खेल जितेको छ । 

त्यसो त, इजिप्टका मोहम्मद सालाहले खेलको ७३ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै इजिप्टको तर्फबाट विश्वकपमा पहिलो गोल गरेको छ । २८ बर्षीय र तीन खेलपछी इजिप्टले विश्वकपमा यो पहिलो गोल गरेको हो । यस अघि १९९० मा नेदरल्याण्डबिरुद्ध १ गोल गरेको थियो । इजिप्टले समूह चरणको पहिले खेल उरूग्वेसँग हारिसकेको छ। लगातार दोस्रो हार बेहोरेकाले ऊ जारी विश्वकपबाट बाहिरिने पहिलो राष्ट्र बनेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने