२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुधबारको खेलमा पोर्चुगल, उरुग्वे र स्पेन बिजयी, इजिप्ट, साउदी अरव र मोरक्को समुह चरणबाटै बाहिरिए

२०७५, ६ असार बुधबार २०:४१

असार ७, काठमाडौँ | रुसमा जारी विश्वकप २०१८ अन्तर्गत बुधबार राति भएको खेलमा स्पेनले इरानलाई १-० गोल अन्तरले पराजित गरेको छ । समूह ‘बि’ को खेलमा स्पेनले जित हात पारेसंगै पोर्चुगलको बराबर अंकमा ग्रुप 'बि'को प्रतिष्पर्धी बनेको छ । दुवै टिमको समान ४/४ अंक भएको छ । 

स्पेनको जितमा डिएगो कोष्टा नायक बने । उनकै गोलले स्पेनले इरानमाथि कठिन जित हात पारेको हो । कोष्टाले खेलको ५४औं मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । एकपछि अर्को गोल गर्ने अवसर पाएपनि स्पेन गोल गर्न सकेन । खेलअवधिभर बल नियन्त्रणमा राखेको स्पेनले एकपछि अर्को गोल गर्ने अवसर गुमाएको थियो । खेलमा इरानले पनि केहि महत्वपूर्ण अवसरहरु गुमाउन पुगेको थियो । 

यस अघि बिजयी बनेको इरानको साथमा अघिल्लो खेलको ३ अंक छ । इरानले आगामी खेल पोर्चुगलसँग खेल्दैछ । खेलमा इरान वा पोर्चुगल जसले जित्छ उसले अन्तिम १६ मा स्थान पक्का गर्नेछ । यदी इरान पोर्चुगलसँग बराबरीमा रोकिए । पोर्चुगल अंकको आधारमा अन्तिम १६ मा पुग्नेछ । 

यस अघि बुधबार भएका थप दुई खेलमा पोर्चुगलले मोरक्कोलाई १-० ले पराजित गरेको थियो भने उरुग्वेले साउदी अरवलाई १-० गोल अन्तरले पराजित गरेको थियो । उरुग्वेले साउदीलाई पराजित गरेसंगै विश्वकपमा अन्तिम १६ मा पुग्ने समुह 'ए' बाट पहिलो देश रुस भएको छ भने समुह 'ए' मै रहेको उरुग्वे पनि ६ अंक सहित अन्तिम १६ मा पुगेको छ । 

विश्वकपको हालसम्मको खेल स्कोरकै आधारमा इजिप्ट, साउदी अरव र मोरक्को समूह चरणबाटै बाहिरिएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति