२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्जेन्टिनाले लज्जास्पद रुपमा हारेपछि अर्जेन्टिनाका कोच सामपाओलीले दिए यस्तो प्रतिक्रिया

२०७५, ८ असार शुक्रबार ०३:१२

असार ८, काठमाडौं | रुसमा जारी विश्वकपका आफ्नै दुवै खेलमा खराव प्रदर्शन भएपछि अर्जेन्टिनाका प्रशिक्षक साम्पावलीले माफी मागेका छन् । 

साम्पावलीले बिहिबार रातिको निकै खराव प्रदर्शनका कारण समर्थकहरुसँग माफी मागेका हुन् । गएराति सम्पन्न खेलमा अर्जेन्टिना क्रोएशिसँग ३–० गोलले पराजित भएपछि उनले सम्पुर्ण खेलको जिम्मेवारी लिदै मिडियासामु माफी मागेका छन् । 


उनले भने ‘खेल हार्नुमा मेरो दोष छ, अर्जेन्टिनाका समर्थकहरु मलाई क्षमा गरिदिनुहोस् ।’ 

प्रशिक्षक साम्पावलीले खेलको रणनीति ठीक नभएको भन्दै ३–४–३ बनाउनाले खेलमा गतिलो प्रभाव नपरेको, सर्जियो अगुइरोलाई मैदानबाट निकाल्ने जस्ता गलत निर्णय भएको उनले बताए ।

लियोनल मेसीको बिषयमा बोल्दै उनले भने 'अन्य खेलाडीहरु राम्ररी चल्न नसक्दा मेसीको खेल्ने क्षेत्र थोरै भयो ।' 


समूह 'डी' अन्तर्गत आफ्नो दोश्रो खेलमा पराजित भएको अर्जेन्टिनाको लागि नकआउट चरणमा पुग्ने सम्भावना भने अझै जिवितै छ । तर बलियो टिम मानिएको आइसल्याण्डले आफ्नो बाँकी दुवै खेल जितेमा अर्जेन्टिना समूह चरणबाटै बाहिरिनेछ । तर लगातार दोश्रो खेल जितेको क्रोएसियासँग पनि आइसल्याण्डले सामना गर्ने हुँदा उक्त खेल जित्नु आइसल्याण्डको लागि चुनौतीपूर्ण हुनेछ । त्यस्तै यस अघिको खेलमा पराजित भएको नाइजेरियाले पनि दुई खेल खेल्न बाँकी छ, त्यसैले अब आइसल्याण्ड र नाईजेरियाको दोश्रो खेल हेरेपछि मात्र अर्जेन्टिनाको विश्वकप यात्राको आंकलन लगाउन सकिन्छ ।

आइसल्याण्ड र नाइजेरिया बीचको खेल आज (शुक्रबार) ८:४५ बजे हुँदैछ । खेलमा नाइजेरिया बिजयी भए त्यसको फाइदा अर्जेन्टिनालाई हुनेछ । त्यसैले अर्जेन्टिनाको नकआउट चरणमा जाने सम्भावना आइसल्याण्डको खेलमा भर पर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति