दोश्रो चरणको खेलसम्मको अंक त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दोश्रो चरणको खेलसम्मको अंक त"/>
२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकपमा दोश्रो चरणको खेल सम्पन्न: ६ राष्ट्र नकआउट चरणमा, ९ राष्ट्र समूह चरणबाटै बाहिरिए

२०७५, ११ असार सोमबार ०१:२५

असार ११, काठमाडौँ | विश्वकपमा सहभागी ३२ राष्ट्रहरुले समूह चरण अन्तर्गत आफ्नो दोश्रो चरणको खेलहरु सम्पन्न गरेका छन् | 

दोश्रो चरणको खेलसम्मको अंक तालिका अनुसार ६ राष्ट्रले नकआउट चरणमा आफ्नो स्थान पक्का गरिसकेका छन् भने १७ राष्ट्रको भाग्य परिक्षा आजबाट सुरु हुँदैछ | ९ राष्ट्रले आफ्नो तेश्रो खेल जितेपनि २०१८ को विश्वकप यात्राबाट रोकिने भएका छन् | समूह चरणका तेश्रो खेल हुन बाँकी छँदै इजिप्ट, साउदी अरेविया, मोरक्को, पेरु, कोस्टारिका, कोरिया रिपब्लिक, ट्युनिसिया, पनामा र पोल्याण्ड बाहिरिने पक्का भएको हो |  

आइतबार विश्वकपमा १४ गोल 

आइतबार विश्वकप खेलमा बिभिन्न तीन खेल सम्पन्न भए | जसमा इंग्ल्याण्डले विश्वकप २०१८ मा पहिलो धेरै गोलको नयाँ रेकर्ड राखेको छ, उसले एकै खेलमा आइतबार पनामा विरुद्ध ६ गोल गर्दै रेकर्ड राखेको हो | 

यस अघि विश्वकप २०१८ मा एकै खेलमा सर्वाधिक बढी ५ गोल गरेर आयोजक राष्ट्र रुसले विश्वकपमा बिजयी भन्दै उद्घाटन खेलमा अग्रता लिएको थियो | विश्वकप अन्तर्गत आइतबार भएको बिभिन्न ३ खेलमा १४ गोल भए | जसमा इंग्ल्याण्डले पनामालाई ६-१ गोल अन्तरले पराजित गर्यो, यसको अलावा आइतबारको दोश्रो खेलमा जापान र सेनेगालले २-२ गोलको बराबरी खेल्दै समान १/१ अंक बाडे भने आइतबारकै तेश्रो खेलमा कोलम्बियाले पोल्याण्डलाई ३-० गोल अन्तरले पराजित गर्यो | 

नकआउट यात्रामा प्रवेश पक्का गरिसकेका राष्ट्रहरु 

१. रुस 

२. उरुग्वे 

३. फ्रान्स 

४. क्रोयसिया 

५. इंग्ल्याण्ड 

६. बेल्जियम 

समूह चरणबाटै बाहिरिने पक्का भएका राष्ट्रहरु

१. इजिप्ट 

२. साउदी अरेविया 

३. मोरक्को 

४. पेरु 

५. कोस्टारिका 

६. कोरिया रिपब्लिक

७. ट्युनिसिया 

८. पनामा 

९. पोल्याण्ड 

तेश्रो चरणको खेल: आजबाट १५ राष्ट्रको भाग्य परिक्षा  

माथि नकआउट यात्रामा प्रवेश पक्का गरिसकेका ६ राष्ट्रहरु र समूह चरणबाटै बाहिरिने पक्का भएका ९ राष्ट्रहरु बाहेक १७ राष्ट्रको भाग्य परिक्षा भने अब आजबाट हुने विश्वकपका खेलले निर्धारण गर्दैछ | आजबाट क्रमश विश्वकप यात्रामा जाने नजाने राष्ट्रको नतिजा आउनेछ |

विश्वकप अन्तर्गत समूह 'ए'  बाट आयोजक राष्ट्र रुस र उरुग्वेले विश्वकपको नकआउट चरणमा आफ्नो स्थान पक्का गरिसकेका छन् | 

त्यस्तै समूह 'बि' मा क्रमश स्पेन र पोर्चुगलको (४/४ अंक), इरानको (३ अंक) रहेको छ, यि ३ मध्ये दुई राष्ट्र समूह चरणबाटै बाहिरिनेछन् | 

त्यस्तै समूह 'सी' मा डेनमार्क (४ अंक) र अष्ट्रेलियाको (१ अंक) छ, डेनमार्क बलियो अवस्थामा रहेपनि अष्ट्रेलियाको पनि सम्भावना अझै कायमै छ | यस समूहबाट फ्रान्सले नकआउट चरणमा आफ्नो स्थान पक्का गरिसकेको छ |  

त्यस्तै समूह 'डी' मा नाइजेरिया, आइसल्याण्ड र अर्जेन्टिनाको भाग्य परिक्षा अबको तेश्रो खेलहरुले गर्दैछ | यस समूहबाट क्रोयसियाले  नकआउट चरणमा आफ्नो स्थान पक्का गरिसकेको छ |

त्यस्तै समूह 'ई' मा रहेका ३ देशहरु ब्राजिल, स्विजरल्याण्ड र सेर्वियाको भाग्य परिक्षा पनि अब हुने १/१ खेलले गर्नेछ | यी ३ मध्ये २ नकआउट चरणमा प्रवेश गर्नेछन् | 

त्यस्तै समूह 'एफ' मा आफ्नो निरन्तर २ खेलमा जितको वावजुत पनि मेक्सिकोको भाग्य परिक्षा तेश्रो खेलले मात्र गर्नेछ | यो समूहबाट कोरिया रिपब्लिक बाहिरिने पक्का हुँदा मेक्सिकोको ६ अंक छ भने जर्मनी र स्विडेनको समान ३/३ अंक छन् | 

त्यस्तै समूह 'जी' अन्तर्गत इंग्ल्याण्ड र बेल्जियमले नकआउट चरणमा आफ्नो स्थान पक्का गरिसकेका छन् | 

त्यस्तै विश्कपको अन्तिम समूह 'एच' मा जापान, सेनेगाल र कोलम्बियाको भाग्य परिक्षाको नतिजा अब हुने खेलले निर्धारण गर्नेछ | यस समूहमा जापान र सेनेगालको समान ४/४ अंक छ भने कोलम्बियाको ३ अंक छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त