२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्जेन्टिना विश्वकप २०१८ को नकआउट चरणमा प्रवेश, नाइजेरिया र आइसल्याण्ड बाहिरिए

२०७५, १२ असार मंगलवार २०:०६

असार १३, काठमाडौँ | विश्वकप फुटबल अन्तर्गत समूह ‘डि’ को निकै रोमान्चित खेलमा अर्जेन्टिनाले नाइजेरियालाई २-१ गोल अन्तरले पराजित गरेको छ । यस संगै अर्जेन्टिना विश्वकप २०१८ को नकआउट चरणमा प्रवेश गरेको छ  ।  


खेलको १४ औ मिनेटमा मेसीको गोलसंगै अग्रता लिएको अर्जेन्टिनालाई पेनाल्टीमा गोल गर्दै नाइजेरियाले बराबरी गरेपछी खेल निकै आक्रामक बनेको थियो ।


खेलको ५१औं मिनेटमा नाइजेरियाले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट नाइजेरियाका भिक्टोर मोसेसले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए । तर अर्जेन्टिनाका मार्कुस रोजोले ८६औं मिनेटमा गोल गर्दै २–१ गोलको अग्रता दिलाएका थिए । 


उता समूह 'डी' को अर्को खेलमा आइसल्याण्डलाई क्रोयसियाले २-१ गोलले पराजित गरेको छ । यस अघि नै क्रोयसिया नकआउट चरणमा प्रवेश गरेको थियो । क्रोएसिया समूह बिजेता बनेको छ ।  


खेलमा १ खेल मात्र जितेको नाइजेरिया र २ खेल हार्दै १ खेलमा बराबरी खेलेको आइसल्याण्ड भने समूह चरणबाटै बाहिरिएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति