२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकपको प्रि-क्वाटरफाइनलमै रोकियो अर्जेन्टिना, खेलमा ७ औं गोल

२०७५, १६ असार शनिबार १५:५४

असार १६, काठमाडौं । विश्वकप फुटबलको नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिनालाई फ्रान्सले ४-३ गोल अन्तरले पराजित गरेको छ । यससंगै फ्रान्स विश्वकपको क्वाटरफाइनलमा  प्रवेश गरेको छ ।

अर्जेन्टिना र फ्रान्सको रोमान्चक खेलमा फ्रान्सले पेनाल्टीमार्फत सुरुवाती अग्रता लिएको थियो । रुसको काजानमा भएको खेलको १३ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले पेनाल्टी गोलमार्फत अग्रता दिलाएका थिए । अर्जेन्टिनाका रोजोले एम्बाप्पेलाई डि बक्स एसियामा लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । अर्जेन्टिनाले खेलको पहिलो हाफमा निकै खराव प्रदर्शन गर्दा ३ एल्लो कार्ड पाएको थियो । 

पहिलो हाफमा अग्रता लिएको फ्रान्सलाई खेलमा ४१ औं मिनेटमा अग्रता तोड्दै अर्जेन्टिनाले बराबरी गर्यो । अर्जेन्टिनाका एन्जेल डी मारियाले गोल गर्दै खेललाई बराबरी गरेका थिए । यसरी पहिलो हाफको खेल बराबरीमा सकियो ।

त्यसपछि दोश्रो हाफको खेलमा अर्जेन्टिनाले दोश्रो गोल गर्दै आफुलाई अग्रतामा राख्यो । खेलको ४८ औं मिनेटमा लियोनेल मेसिले दिएको पासमा मेकार्डोले गोल गर्दै अर्जेन्टिलाई अग्रता दिलाएका थिए ।  तर अर्जेन्टिनाको यो अग्रता ५ मिनेट पनि टिक्न सकेन ।

अग्रतामा रहेको अर्जेन्टिनालाई गोल गर्दै फ्रान्सले बराबरी गर्यो र गोललाई निरन्तरता दिंदै लगातार ३ गोल गर्दै अर्जेन्टिनालाई २ गोल अन्तरमा पारेर दवाबमा राख्यो | यस क्रममा फ्रान्सका युवा खेलाडीहरु एम्बाप्पेले दुई गोल गरे भने ग्रिजम्यान र पाभर्डले १/१ गोल गरे ।

त्यसपछि खेलमा अर्जेन्टिनाले अतिरिक्त समयमा गोल गर्दै तेश्रो गोल गर्यो र खेल ३-४ को स्कोरमा पुग्यो । अतिरिक्त समयमा भएको गोलले अर्जेन्टिनाका समर्थकहरुलाई केहि राहत दिएपनि अर्जेन्टिनाले अर्को गोल गर्न नसक्दा खेलमा १ गोलको अन्तरले पराजित हुन पुग्यो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति