२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकपका स्टारहरु एकै दिन विश्वकपबाट बाहिरिए, क्वाटरफाइनलमा उरुग्वेको सामना फ्रान्ससँग

२०७५, १६ असार शनिबार २०:१९

असार १७, काठमाडौँ | उरुग्वे पोर्चुगललाई पराजित गर्दै रुसमा जारी विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आजको खेल हारे संगै रोनाल्डोको टिम पनि विश्वकपको प्रि-क्वाटर फाइनलबाट बाहिरिएको छ ।

यस अघि आजै भएको खेलमा फ्रान्सले मेस्सीको टोली अर्जेन्टिनालाई पराजित गरेको थियो । विश्वकपको क्वाटरफाइनलबाटै स्टार खेलाडीहरु बाहिरिने क्रम बढेपछी नेपाली समर्थकहरु निराश छन् ।  


प्रि-क्वाटर फाइनलको दोश्रो खेलमा  उरुग्वेले पोर्चुगलविरुद्ध २–१ गोलको अग्रता बनाएको हो । खेलको पहिलो हाफमा उरुग्वे १–० गोलले अघि रहेको थियो । रसियाको सोचीस्थित फिष्ट रंगशालामा सुरु भएको सातौं मिनेटमा नै उरुग्वेले गोल गर्न सफल भएका थिए । उरुग्वेका लागि इडिसन काभनीले लुइस स्वारेजको विंगर पासमा हेडर गोल गर्दै पोर्चुगलविरुद्ध १–० गोलको अग्रता दिलाएका थिए ।


पहिलो हाफको खेल उरुग्वेकै अग्रतामा सकियो । दोश्रो हाफको ५५औं मिनेटमा पोर्चुगलको लागि कर्नर प्रहार गर्दै पेपेले हेडर गोल गरेर बराबरी गरे । उनकै गोलमा पोर्चुगलले उरुग्वेविरुद्ध १–१ गोलको बराबरी बनाएको थियो । 

तर उक्त बराबरीको स्कोर ७ मिनेट मात्र टिक्न सक्यो । उरुग्वेको लागि काभनीले खेलको ६२ औं मिनेटमा दोश्रो गोल गर्दै उरुग्वेलाई २–१ गोलको महत्वपूर्ण अग्रता दिलाए । त्यसपछी कुनै गोल भएनन् । बरु खेलको अन्तिममा पुर्चुगलका रोनाल्डोले एल्लो कार्ड पाए । उनले रेफ्रीसँग बिबाद हुँदा एल्लो कार्ड पाए । एल्लो कार्डकै कारण यदी पोर्चुगलले आजको खेल जितेको भए पनि रोनाल्डोले आगामी एक खेल खेल्न पाउने थिएनन् ।


उरुग्वेका लागि इडिसन काभनीले ब्यक्तिगत दोस्रो गोल गर्दै उरुग्वेलाई जित दिलाए । डिफेन्स खेल निकै राम्रो खेलेको उरुग्वेको पोष्टमा पोर्चुगलले धेरै अवसरहरु गुमाउन पुगेको थियो । 

आजको खेल जितेसंगै उरुग्वेले अब क्वाटरफाइनलमा फ्रान्ससँग सामना गर्ने भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति