२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकपमा जापानको तीनै खेलको भविष्यवाणी मिलाएको अक्टोपस मारियो

२०७५, १८ असार सोमबार १४:०३

असार १८, काठमाडौं । विश्वकपमा जापानको समूह चरणका तीनवटै खेलको भविष्यवाणी मिलाएको अक्टोपसलाई नकआउट चरणको खेल सुरु हुनुअघि नै मारिएको छ ।

जापानमा राबिओट नामको उक्त अक्टोपसले समूह चरणका कोलम्बिया, पोल्याण्ड र सेनेगलसँगको खेलको नतिजा मिलाएको थियो । तर नकआउट चरणका खेलको अनुमान गर्नु अघि नै उक्त अक्टोपस काटेर बजारमा बेच्न लगिएको सोरा न्युजले जनाएको छ ।

अक्टोपस विश्वकप सुरु हुनुअघि जापानको ओबिराबाट समातेर ल्याइएको थियो । जसको नाम फ्रान्सका मिडफिल्डर एडि्रयन राबिओटको नामबाट राखिएको हो ।


खेलको भविष्यवाणी गर्ने समय अक्टोपसलाई झण्डै साढे ६ फुट पानी भएको कृत्रिम पोखरीमा राखिन्थ्यो । जसको तीन छेउमा जित, हार र बराबरी लेखेर राखिएको हुन्थ्यो । त्यसमा अक्टोपस जुन स्थानमा जान्छ त्यसैका आधारमा नतिजा अनुमान गरिन्थ्यो ।

उक्त अक्टोपस माछा मारेर बेच्ने काममा संलग्न किमियोले समातेर ल्याएका थिए । यसैले उनले नै आफ्नो बिजनेस चलाइराख्नका लागि अक्टोपस काटेर बजारमा बेचेको बताएका छन् ।

जापानले अन्तिम १६ को खेलमा सोमबार राति बेल्जियमको सामना गर्दै छ । सन् २०१० को विश्वकपमा पनि पोउल नामको अक्टोपस निकै चर्चामा आएको थियो । जसले सबैजसो खेलको भविष्यवाणी मिलाएको बताइन्छ । जुन अक्टोपस २०१० को अक्टोवरमा मरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति