२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नशालु पर्दाथ सेवन गराई बलात्कार…

१८ असार २०७५, सोमबार १४:२९

असार १८, काठमाडौँ | “छ दिनको सुत्केरीलाई श्रीमानले दूधमा लठ्ठ पार्ने औषधि राखी खुवाएर शारीरिक सम्पर्क गरे, अरु बेला पनि यस्तो कार्य बढेपछि श्रीमान्सँग सम्बन्ध विच्छेद गर्न उनी निवेदन दिइन ।” 

प्रहरी सहायक निरीक्षक सुष्मा कुँवर आफ्नो जागिरको सुरुवाती दिनमा १४ वर्ष पहिलेको घटना सुनाउँदै भन्नुभयो, “ती महिला हामीकहाँ आउँदा एकोहोरो बस्न नसक्ने कुरा दोहोर्याउथिन्, बाहिरबाट सबै राम्रो देखिन्थ्यो तर किन उनी श्रीमानसँग बस्दिन भन्छिन् भनेर हामीले सकेसम्म मिलाउन खोज्यौँ ।” 

“त्यसको केही समयपछि उनी श्रीमानसँग बस्नै नसक्ने भनेपछि हामीले कुरा गर्दा उनले इच्छा विपरीत नशालु पदार्थ खुवाएर समेत शारीरिक सम्पर्क राख्ने गरेको र त्यसले निकै आघात पुगेको बताइन्, त्यसपछि हामीले उनलाई अदालत जान सुझाएका थियौँ,” उहाँले भन्नुभयो । 

यस्तै घटना त्रिविकै आंशिक प्राध्यापकलाई समेत घटेको बताउनुहुन्छ त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष डा सुधा त्रिपाठी । “ती महिला प्राध्यापकलाई अर्का स्थायी प्राध्यापकले विभिन्न डरधम्की देखाई भेट्न बोलाएर तरलपर्दाथमा नशालु पर्दाथ मिसाई दुव्र्यवहार गर्न खोजेका थिए,” उहाँले भन्नुभयो । यस्ता घटना कम गर्न मानसिक सोचाईमा परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ । 

महानगरीय प्रहरीको महिला बालबालिकाका लागि सेवा केन्द्रकी उपत्यका इन्चार्ज समेत रहनुभएकी कुँवर हिजोआज नशालु पदार्थ खुवाएर बलात्कार गर्ने घटनामा वृद्धि भएको बताउनुहुन्छ । 

एन्जिला रुस्कीन विश्वविद्यालय बेलायतकी फरेन्सिक विज्ञानकी वरिष्ठ प्राध्यापक डा लता गौतमको सक्रियतामा आज यहाँ आयोजित ‘नेपालमा नशालु पदार्थ खुवाई यौनजन्य दुव्र्यहार गर्ने घटना’ विषयक छलफल कार्यक्रममा यो विषयमा सम्बन्धित निकायलाई पर्याप्त जानकारी नभएको बताइएको थियो । 

त्रिवि शिक्षण अस्पतालका कानूनी चिकित्सा प्रमुख प्रा डा हरिहर वस्तीले नशालु पदार्थमध्ये नेपालमा अल्कोहल सेवन गराई बलात्कार गर्ने घटना अत्यधिक रहेको छ भन्नुभयो । 

नेपालमा दुई वर्षदेखि छ वर्षसम्मका बालबालिका बढी यौनजन्य घटनाको शिकार हुने गरेको छ, तीमध्ये एकतिहाई बालबालिका परिवारबाटै पीडित छन्, उहाँले भन्नुभयो, “कति घटना भए भन्ने छुट्टै घटना हेर्न बाँकी छ तर मेरो अनुभवमा धेरै अल्कोहल सेवन गराई यस्ता घटना गराएका देखिन्छन्, त्यसबाहेक मानसिक रुपमा बिरामीलाई यस्तो दुव्र्यवहार बढी हुने गरेको छ ।” 

डा गौतमले अन्य बलात्कारजस्तै नशालु पदार्थ खुवाइृ गरिने घटनालाई पनि जोडेर हेर्न नहुने बताउनुभयो । यसबारे चिकित्सक, प्रहरी, विद्यालयका शिक्षक बालबालिका सबैलाई जानकारी हुनुपर्ने उहाँको भनाइ छ । “यस्ता घटना फरक तरीकाले हेर्नुपर्छ, नशाका समयमा भएका घटनाबारे पीडितलाई सम्झना हुँदैन, नशाका कारण शारीरिक र मानसिक रुपमा समेत उनीहरु पीडित हुन्छन्, यसबारे छुट्टै अध्ययन आवश्यक छ,” उहाँले भन्नुभयो । 

नशालु पदार्थ सेवन गराई भएका घटनामा पीडित जाँचका लागि ढिला आउने गरेका कारण न्याय पाउन नसकेका घटना बढी छन् । विश्वस्वास्थ्य संगठनको मापदण्ड अनुसार अन्य विभिन्न मुलुकमा नशालु पदार्थ खुवाई भएका घटनाबारे जाँच गर्ने छुट्टै मापदण्ड भए पनि नेपालमा नभएको सम्बन्धित निकायको भनाइ छ । 

डा वस्तीले यस्ता घटनामा रगतबाट जाँच गर्न अत्याधुनिक उपकरण, प्रविधि र सीप आवश्यक भएको भन्दै पीडितलाई पनि सक्दो छिटो जाँच गरेमा मात्र न्याय पाउन सहज हुने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य