२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेक्सिकोले इतिहाँस बदल्न सकेन, ब्राजिलसँग विश्वकपमा १३-० को गोल रेकर्ड !

२०७५, १८ असार सोमबार १६:०७

असार १८, काठमाडौं । रुसमा जारी विश्वकप २०१८ अन्तर्गत आज प्रि-क्वाटर फाइनल खेलमा ब्राजिलले मेक्सिकोलाई २-० गोल अन्तरले पराजित गरेको छ ।

विश्वकपको समूह ‘ई’ को विजेता ब्राजिल र समूह ‘एफ’ को उपविजेता बन्दै आएको मेक्सिको र ब्राजिलको खेलमा पहिलो हाफसम्ममा कुनै गोल हुन सकेन तर दोश्रो हाफको ५१ औं मिनेटमा नेइमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । 


निकै आक्रामक खेलमा मेक्सिकोले ब्राजिललाई कुनै गोल गर्न सकेन । विश्वकप इतिहाँसमा यस अघिका ४ खेलमा मेक्सिकोले ब्राजीललाई कुनै गोल गरेको रेकर्ड छैन । साथै यो पटक पनि कुनै गोल गर्न नसकि इतिहाँसलाई निरन्तरता दिन पुग्यो । 


ब्राजिल र मेक्सिकोबीच यस अघि चार खेल भएकोमा मेक्सिकोले ११ गोल खाएको छ अब २ गोल थापिएर १३ गोल बनेको छ । विश्वकपमा एकपटक पनि ब्राजिलले मेक्सिकोको गोल खानु परेको छैन । जसलाई ब्राजिलले पाँचौं पटक पनि रोकेको छ । 

ब्राजिलले मेक्सिकोलाई २-० गोल अन्तरले हराएको छ । समूह चरणमा २०१४ को विश्वबिजेता जर्मनीलाई मेक्सिकोले पराजित गरेको थियो । पहिलो हाफमा मेक्सिकोले ब्राजिललाई निकै दबाव दिएको थियो । साथै गोल गर्ने केही मौका पनि गुमाएको थियो । तर, दोस्रो हाफमा ब्राजिल हाबी बन्यो । खेलको ५१ औं मिनेटमा नेइमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । त्यसपछि निर्धारित समयको खेल सकिन २ मिनेट बाँकी छँदा उनकै पासमा सब्सिच्युट फर्मिनोले गोल गरेर ब्राजिललाई थप बलियो बनाए ।


आज मेक्सिकोलाई पराजित गर्दै ब्राजिलले अब आज राति पौने १२ बजे बेल्जियम र जापानबीचको विजेतासँग खेल्ने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त