२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेल्जियमको अन्तिम नाटकीय गोलले जापान पराजित, क्वाटरफाइनलमा बेल्जियम र ब्राजिल भिड्ने

२०७५, १८ असार सोमबार २०:०३

असाए १९, काठमाडौँ | रुसमा जारी विश्वकपको प्रि क्वाटरफाइनल खेलमा बेल्जियमले अन्तिम समयमा १ गोल थप्दै जापानलाई ३ -२ गोलले पराजित गरेको छ  । पहिलो हाफसम्म गोलरहित बराबरी भएको खेलमा जापानले दोश्रो हाफ पछी लगातार २ गोल गरेको जापानलाई उस्तै लयमा बेल्जियमले पनि लागातार  गोल गर्दै बराबरी गरेको थियो । तर अन्तिम समयमा नाटकीय गोल गर्दै बेल्जियमले क्वाटर फाइनल यात्रा तय गर्यो ।

पहिलो हाफमा जापानलाई बेल्जियमले एकपछि अर्को प्रहार गरेपनि गोल गर्न भने सकेन । दोश्रो हाफ लगत्तै जापानका हारागुचीले खेलको ४८ औं मिनेटमा पहिलो गोल गर्दै जापानलाई अग्रता दिलायेका थिए । लगतै खेलको ४ मिनेट पछि  जापानले पुन: अर्को गोल गर्दै थप बलियो बन्यो । जापानका लागि दोश्रो गोल ताकेसी ईनुईले गरेका हुन् । उनले लामो दुरीबाट बेल्जियमको पोष्टमा प्रहार गर्दा उक्त बलले गोलपोष्टको जाली चुमेको थियो । 


बेल्जियमले गोल गर्ने थुप्रै अवसर खेर फालेपछि पहिलो हाफसम्म गोल गर्ने अवसर गुमाएको थियो । दोश्रो हाफ पछी हावी भएको जापानले गोल संगै निकै आक्रामक खेल प्रदर्शन गर्यो । जापानले २ गोल गरेपछि सम्हालिएर खेलेको बेल्जियमले पनि जापानकै लयमा लगातार २ गोल गर्दै जापानसँग बराबरी गर्यो ।  बेल्जियमले खेलको ६९ औं मिनेटमा हेडमार्फत गोल गर्यो । खेलमा जान भेरटोङगेनले बेल्जियमको लागि गोल गरे भने अर्को गोल ५ मिनेट पछी मरौने फालानीले दोश्रो गोल गरे । 

त्यसपछि खेलको अतिरिक्त समय सकिएपछी ४ मिनेट समय थप भयो जुन समयमा अवसर पाएको जापानले गोल गर्न सकेन । अन्तिम समयमा जापानले फ्रिकिक पायो र उक्त फ्रिकिक बेल्जियमका किपरले रोकेर पुन: जापानलाई कर्नर दियो । कर्नर प्रहार गरेपछि बल खोस्दै सेकेन्डसमयको सदुपयोग गर्दै जापानको पोष्टमा पुर्याई बेल्जियमले आफ्नो लागि तेश्रो गोल गर्दै जापानलाई निरिह पार्न सफल भयो । जित संगै बेल्जियमले अब क्वाटर फाइनलमा ब्राजिलसँग खेल्ने छ भने जापान  विश्वकपको क्वाटर फाइनलबाट बाहिरिएको छ | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति