२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप–क्वाटरफाइनल शुक्रबारदेखि, कुन टिमले कहिले खेल्ने ?

२०७५, २१ असार बिहीबार १०:१५

असार २१, काठमाडौँ | विश्वकप फूटबल प्रतियोगिताअन्तर्गतको क्वाटरफाइनल खेल भोलि शुक्रबारदेखि शुरु हुने भएको छ । 

रसियामा जारी उक्त प्रतियोगिताअन्तर्गत शुक्रबार दुई खेल हुनेछन् जसमा पहिलो खेलमा नेपाली समयअनुसार ७:४५ बजे उरुग्वेले फ्रान्सको सामना गर्नेछ भने दोस्रो खेल राति ११:४५ बजे ब्राजिल र बेल्जियम आमनेसामने हुनेछन् । जारी प्रतियोगितामा उरुग्वेले पोर्चुगललाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो । 

यता फ्रान्सले भने गत संस्करणको उपविजेता अर्जेन्टिनालाई ४–३ ले पाखा लगाउँदै क्वाटरफाइनलमा पुगेको हो । उरुग्वे र फ्रान्स विश्वकपका पूर्वविजेतासमेत हुन् । 

क्वाटरफाइनलको यात्रा तय गर्ने सिलसिलामा पाँच पटकका विश्वकप विजेता ब्राजिलले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गर्यो भने बेल्जियमले जापानलाई ३–२ गोलअन्तरले हराएको थियो । 

यही असार २३ गते शनिबार राति ७:४५ बजे तेस्रो क्वाटरफाइलन खेलमा स्वीडेन र इङ्ग्यान्ड भिड्नेछन् भने चौथो तथा अन्तिम खेल राति ११:४५ बजे आयोजक रुस र क्रोसिया आमनेसामने हुनेछ । उक्त खेलका विजेता टोली विश्वकपको सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेल असार २६ र २७ गते हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति