2026-06-28 12:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप क्वाटरफाइनल खेल सकियो, अब सेमिफाइनल खेल कहिले-कहिले ?

असार २४, काठमाडौँ | रुसमा जारी विश्वकपको क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन् | जारी प्रतियोगिताबाट क्वाटरफाइनलको अन्तिम खेलमा क्रोएसिया र आयोजक राष्ट्र रुसबीच खेल भयो । जसमा क्रोएसियाले सेमिफाइनलको यात्र तय गर्न सफल भयो । 

खेलमा पहिलो हाफसम्म दुबै टिमले १–१ गोलको बराबरी खेलेका थिए । रसियाले गोल गरेको ८ मिनेटपछि नै क्रोएसियाले गोल फर्काउँदै बराबरीमा पुर्याएको थियो । डेनिस चेरिशेभले खेलको ३१औं मिनेटमा उत्कृष्ट गोल गर्दै आयोजक रसियालाई १–० गोलको अग्रतामा पुर्याएका थिए । उनले आर्टिम ज्युबाको पासमा शानदार गोल गरेका थिए । भने खेलको ३९औं मिनेटमा क्रोएसियाका आन्ड्रेज क्रमारिकले हेडर गोल गर्दै खेल १–१ गोलको बराबरीमा पुर्याएका थिए । पहिलो हाफमा दुबै टिमले गोल गर्ने राम्रो अवसरहरु समेत गुमाएका थिए ।


सोचीस्थित फिष्ट रंगशालामा दोस्रो हाफमा भने दुबै टिमले गोल गर्न नसकेपछी खेलमा ३० मिनेट थपियो । जुन समयलाई अवसरको रुपमा २-१ को अग्रता लिंदै क्रोएसियाले अग्रता बनायो । क्रोयसियाको लागि खेलको १०१ औं मिनेटमा डामागोजले गोल गर्दै अग्रता दिलाएका थिए । तर रसियाले खेलमा रसियाले क्रोएसियाविरुद्ध अर्को गोल फर्काउँदै २–२ गोलको बराबरीमा पुर्यायो । रसियाका लागि मारियो फेर्नान्डेजले गोल गर्दै बराबरीमा पुर्याएका थिए । फ्रिकिक गर्ने क्रममा प्रहार भएको बललाई रुसका मारियोले खेलको ११५ औं मिनेटमा हेडर गोल गर्दै बराबरीमा पुर्याएका थिए  । त्यसपछि खेलमा थप गोल भएन र थपिएको समयमा समेत गोल हुन नसकेपछि खेल दुवैदेशको गोलकिपरको हातमा पुग्यो । जसमा क्रोएसियाले ४-३ गोल अन्तरले आयोजक राष्ट्र रसियालाई पराजित गर्न सफल बन्दै सेमिफाइनल यात्रा तय गर्यो । 


अब सेमिफाइनलमा को-को कहिले भिड्दै ? 

10 July 2018 : France Vs Belgium (Time: 23:45) 

11 July 2018 : England Vs Croatia (Time: 23:45)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी