२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकपको सेमिफाइनलमा बेल्जियम र फ्रान्सबीच खेल जारी, पहिलो हाफ सकियो

२०७५, २६ असार मंगलवार १८:५५

असार २७, काठमाडौँ | रुसमा जारी विश्वकपको पहिलो सेमिफाइनल खेलमा अहिले बेल्जियम र फ्रान्सबीचको खेलको पहिलो हाफ सकिएको छ । रसियाको सेन्ट पिटर्सबर्गमा सुरु भएको खेलमा दुबै टिम जित हात पार्दै फाइनलमा प्रवेश गर्ने लक्ष्यमा रहेका छन् । पहिलो हाफसम्म दुवै पक्षले कुनै गोल गर्न सकेका छैनन् । 


बेल्जियम दोस्रो पटक विश्वकपको सेमिफाइनलमा पुगेको हो भने फ्रान्स एक पटकको विश्वबिजेता हो । ब्राजिललाई समेत जित्दै सेमिफाइनलमा यात्रा तय गरेको बेल्जियमले आजको खेलमा फ्रान्सलाई कडा टक्कर दिएको छ । 

जारी खेलको पहिलो हाफमा १९ औं मिनेटमा बेल्जियमका कप्तान इडन हजार्डले प्रहार गरेको बल फ्रान्सका डिफेन्डरले उत्कृष्ट बचाउ गरेका थिए । एकपछि अर्को आक्रमक खेल खेलेको बेल्जियमले खेलको २२ औं मिनेटमा टोबी एल्डेरवेरेल्डले प्रहार गरेको बल फ्रान्सका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।

खेलको ३४औं मिनेटमा फ्रान्सले गोल गर्ने राम्रो अवसर खेर फालेको थियो । किलियन एमबाप्पेले दिएको पासलाई ओलिभियर जिरौडले गोल गर्न सकेनन् । खेलको ४० औं मिनेटमा फ्रान्सका बेन्जिामिन पाभार्डले प्रहार गरेको बल बेल्जिमका गोलरक्षकले बचाएका थिए । 

यस पटकको विश्वकपमा फ्रान्स पनि कम छैन । फ्रान्सले प्रिक्वाटरफाइनलमा अर्जे्न्टिनालाई ४–३ गोलअन्तरले पराजित गरेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति