२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेल्जियमलाई पराजित गर्दै फ्रान्स विश्वकप २०१८ को फाइनलमा प्रवेश, उमटिटी बने हिरो

२०७५, २६ असार मंगलवार २०:००

असार २७, काठमाडौँ | रुसमा जारी विश्वकपको पहिलो सेमिफाइनल खेलमा बेल्जियमलाई 1-0 गोल अन्तरले पराजित गर्दै फ्रान्सले फाइनलको यात्रा तय गरेको छ । 

खेलमा दुवै टिम पहिलो हाफमा कुनै गोल गर्न सकेनन् । तर दोश्रो हाफको ६ मिनेट पछी अर्थात खेलको ५१ औं मिनेटमा फ्रान्सका लागि सामुएल उमटिटीले गोल गर्दै फ्रान्सलाई १–० गोलको अग्रता दिलाए । उमटिटीको सोहि गोललेनै फ्रान्स फाइनलमा प्रवेश गर्न सफल भयो ।


यस अघि खेलमा पहिलो हाफको १९ औं मिनेटमा बेल्जियमका कप्तान इडन हजार्डले प्रहार गरेको बल फ्रान्सका डिफेन्डरले उत्कृष्ट बचाउ गरेका थिए । एकपछि अर्को आक्रमक प्रहार गरेको बेल्जियमले खेलको २२ औं मिनेटमा अर्को प्रहार गर्यो तर त्यस प्रयास पनि विफल बन्यो । त्यस्तै खेलको ३४औं मिनेटमा फ्रान्सले गोल गर्ने राम्रो अवसर खेर फालेको थियो । त्यस्तै खेलको ४० औं मिनेटमा फ्रान्सका बेन्जिामिन पाभार्डले प्रहार गरेको बल बेल्जिमका गोलरक्षकले बचाएका थिए । 

दोश्रो हाफमा फ्रान्सले आफ्नो डिफेन्सलाइनमा निकै सुधार गर्दै बेल्जियमलाई थप दवाब दिन सफत भयो । धेरै गोल गर्ने प्रयास दुवै तर्फबाट भए पनि खेलमा फ्रान्सका उमटिटीको बाहेक कुनै गोल हुन सकेन । निर्धारित ९० मिनेटको समय र थपिएको ६ मिनेटको समयमा समेत बेल्जियमले फ्रान्सबिरुद्ध गोल गर्न नसकेपछि खेल १-० अन्तरमै रोकिन पुग्यो र फ्रान्स विश्वकपको फाइनलमा प्रवेश गर्न सफल भयो । खेलको अतिरिक्त तेश्रो मिनेटमा फ्रान्सले प्रहार गरेको बल बेल्जियमका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए । 



अब फ्रान्सले फाइनलमा आज राति पौने १२ बजे इंग्ल्याण्ड र क्रोयसिया बीचको बिजेतासँग फाइनल खेल खेल्नेछ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति