२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप सेमिफाइनल खेल सकियो, फाइनल खेल असार ३१ गते

२०७५, २७ असार बुधबार २०:४३

असार २८, एजेन्सी । विश्वकप फुटबलको सेमिफाइनल खेल सम्पन्न भएको छ । मंगलबार र बुधबार भएका सेमिफाइनलका खेलबाट विश्वकप २०१८ को फाइनलमा फ्रान्स र क्रोयसिया भिड्ने भएका छन् । 

बुधबारराति भएको खेलमा इंग्ल्याण्डलाई क्रोयसियाले २-१ गोल अन्तरले पराजित गरेपछी फाइनलमा क्रोयसियाले फ्रान्ससँग खेल्ने भएको हो । इंग्ल्यान्डले क्रोएसियाविरुद्ध सुरुवाती अग्रता बनाएपनि खेलमा थप गोल गर्न सकेन । इंग्ल्यान्डका लागि कैरन ट्रिपिएरले खेलको ५ औं मिनेटमै गोल गर्दै १–० गोलको अग्रता दिलाएका थिए । तर क्रोयसियाले दोश्रो हाफमा बराबरी गर्दै थपिएको ३० मिनेटको समयमा थप १ गोल गर्दै इंग्ल्याण्डबिरुद्ध जित सुनिस्चित गरेको हो । 

 

क्रोएसियाका लागि खेलको दोश्रो हाफको ६८औं मिनेटमाइभान पेरिसिकले हेडर गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए भने थपिएको ३० मिनेटको समय १०९ औं मिनेटमा मारियो मान्डजुकिकले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलमा गोल हुन सकेन । यससंगै अब इंग्ल्याण्ड र बेल्जियम तेश्रो स्थानका लागि १४ जुलाईमा खेल्दैछन् भने १५ जुलाई अर्थात असार ३१ गते विश्वकप फाइनलमा फ्रान्स र क्रोएसियाबीच खेल हुने भएको छ ।

क्रोयसिया विश्वकपको इतिहाँसमा पहिलो पटक फाइनलमा पुगेको हो । यस अघि सन् १९८८ मा भएको विश्वकप फुटबलमा क्रोएसिया सेमिफाइनलसम्म पुगेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति