२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप फाइनल जारी: ३९ औं मिनेटको खेल जारी रहँदा २-१ गोल स्कोर

३१ असार २०७५, आईतवार १५:४०

असार ३१, काठमाडौँ | विश्वकपको उपाधिका लागि क्रोएसिया र फ्रान्सबीच पहिलो हाफको खेल जारी छ । 

रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा सुरु भएको फाइनल खेलमा दुबै टिम २१ औं संस्करणको विश्वकपको उपाधि उचाल्ने लक्ष्यमा छन् । अहिलेसम्मको गोल स्कोरमा फ्रान्स – क्रोयसिया २-१ गोल स्कोरमा जारी छ । 

खेलमा फ्रान्सको फ्रिकिकलाई क्रोएसियाका खेलाडी मारियो म्यान्डजुकिकले २१ औं मिनेटमा हेडमार्फत आफ्नै पोष्टमा गोल गरेपछि फ्रान्सले अग्रता लिन पुग्यो । तर खेलको २८ औं मिनेटमा क्रोयसियाका इभान पार्सिकले गोल गर्दै क्रोएसियालाई बराबरीमा ल्याउन सफल भए । त्यसपछि क्रोयसियाले डिबक्स भित्र ह्याण्ड गरेपछि पेनाल्टी मार्फत फ्रान्सले थप १ गोल गर्दै खेलमा २-१ को अग्रता लिएको छ । 

तुलनात्मक रुपमा क्रोयशिया फ्रान्स जति बलियो नमानिएता पनि यस पटकको विश्वकपमा दावेदारहरुकै भविष्यवाणी गलत सावित हुँदा आजको खेल फ्रान्स वा क्रोएशियाको हातमा जान्छ भन्नेमा धेरैलाई अफ्ट्यारो छ । आइसल्यान्डले बराबरीमा रोकेको र फ्रान्सले ४-३ गोलले पराजित गरेको अर्जेन्टिनालाई समेत क्रोएसियाले ३–० मै रोकेको अवस्थामा क्रोएसिया कम्जोर छ भन्ने अवस्था छैन । फ्रान्ससँगको खेलमा अर्जेन्टिनाले ३ गोल गर्न सक्दा त्यहि अर्जेन्टिनालाई ३-० मै पराजित गर्न सक्ने खुवी राख्नु क्रोयशियाको सवल पक्ष हो । 

क्रोशियाको अर्को सवाल पक्ष के पनि छ भने उसले विश्वकप २०१८ मा कुनै टिमसँग हारेको छैन । त्यसो त लगातार तीन नकआउटमा जित्ने क्रममा अतिरिक्त समय खेल्दै क्रोएसियाले डेनमार्क र रुसलाई टाइब्रेकरमा पन्छाएको हो । 

विश्वकप फुटबलको नतिजाहरुलाई हेर्ने हो भने फ्रान्स २० वर्षयता विश्व फुटबलकै सबैभन्दा बलियो टिममा गनिन्छ । सेमिफाइनलमा ब्राजिललाई समेत हराउन सफल बेल्जियमलाई पराजित गर्दै फ्रान्सले आफुलाई बलियो सावित गरेकाले यो पटकको फाइनलमा फ्रान्सको दावेदारीलाई निकै उच्च बनाएको छ । 

फ्रान्स र क्रोएसियाको विगतका रेकर्ड निकाल्ने हो भने पाँचपटक आपसमा खेलेकोमा फ्रान्सले तीन खेल (सन् १९९८, १९९९ र २०००) जितेको थियो भने दुई खेल (२००४ र २०११) मा बराबरी भएको थियो । फ्रान्स विश्वकपको फाइनलमा तेस्रो पटक पुगेको हो भने क्रोयशिया पहिलो पटक फाइनल खेल्दैछ । 

विश्वकप २०१८ कै गोल अन्तरलाई हेर्ने हो भने फ्रान्सले २–१ अस्ट्रेलिया, १–० पेरु, ०–० डेनमार्क, ४–३ अर्जेन्टिना, २–० उरुग्वे र १–० बेल्जियम गरि कुल १० गोल गरेको छ ।  त्यस्तै क्रोयशियाले २–० नाइजेरिया, ३–० अर्जेन्टिना, २–१ आइसल्यान्ड, १–१ डेनमार्क (३–२ टाइब्रेकर), २–२ रुस (४–३ टाइब्रेकर), २–१ इंग्ल्यान्ड (अतिरिक्त समय) गरि १२ गोल गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य