2026-06-28 12:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप फाइनल जारी: ३९ औं मिनेटको खेल जारी रहँदा २-१ गोल स्कोर

असार ३१, काठमाडौँ | विश्वकपको उपाधिका लागि क्रोएसिया र फ्रान्सबीच पहिलो हाफको खेल जारी छ । 

रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा सुरु भएको फाइनल खेलमा दुबै टिम २१ औं संस्करणको विश्वकपको उपाधि उचाल्ने लक्ष्यमा छन् । अहिलेसम्मको गोल स्कोरमा फ्रान्स – क्रोयसिया २-१ गोल स्कोरमा जारी छ । 

खेलमा फ्रान्सको फ्रिकिकलाई क्रोएसियाका खेलाडी मारियो म्यान्डजुकिकले २१ औं मिनेटमा हेडमार्फत आफ्नै पोष्टमा गोल गरेपछि फ्रान्सले अग्रता लिन पुग्यो । तर खेलको २८ औं मिनेटमा क्रोयसियाका इभान पार्सिकले गोल गर्दै क्रोएसियालाई बराबरीमा ल्याउन सफल भए । त्यसपछि क्रोयसियाले डिबक्स भित्र ह्याण्ड गरेपछि पेनाल्टी मार्फत फ्रान्सले थप १ गोल गर्दै खेलमा २-१ को अग्रता लिएको छ । 

तुलनात्मक रुपमा क्रोयशिया फ्रान्स जति बलियो नमानिएता पनि यस पटकको विश्वकपमा दावेदारहरुकै भविष्यवाणी गलत सावित हुँदा आजको खेल फ्रान्स वा क्रोएशियाको हातमा जान्छ भन्नेमा धेरैलाई अफ्ट्यारो छ । आइसल्यान्डले बराबरीमा रोकेको र फ्रान्सले ४-३ गोलले पराजित गरेको अर्जेन्टिनालाई समेत क्रोएसियाले ३–० मै रोकेको अवस्थामा क्रोएसिया कम्जोर छ भन्ने अवस्था छैन । फ्रान्ससँगको खेलमा अर्जेन्टिनाले ३ गोल गर्न सक्दा त्यहि अर्जेन्टिनालाई ३-० मै पराजित गर्न सक्ने खुवी राख्नु क्रोयशियाको सवल पक्ष हो । 

क्रोशियाको अर्को सवाल पक्ष के पनि छ भने उसले विश्वकप २०१८ मा कुनै टिमसँग हारेको छैन । त्यसो त लगातार तीन नकआउटमा जित्ने क्रममा अतिरिक्त समय खेल्दै क्रोएसियाले डेनमार्क र रुसलाई टाइब्रेकरमा पन्छाएको हो । 

विश्वकप फुटबलको नतिजाहरुलाई हेर्ने हो भने फ्रान्स २० वर्षयता विश्व फुटबलकै सबैभन्दा बलियो टिममा गनिन्छ । सेमिफाइनलमा ब्राजिललाई समेत हराउन सफल बेल्जियमलाई पराजित गर्दै फ्रान्सले आफुलाई बलियो सावित गरेकाले यो पटकको फाइनलमा फ्रान्सको दावेदारीलाई निकै उच्च बनाएको छ । 

फ्रान्स र क्रोएसियाको विगतका रेकर्ड निकाल्ने हो भने पाँचपटक आपसमा खेलेकोमा फ्रान्सले तीन खेल (सन् १९९८, १९९९ र २०००) जितेको थियो भने दुई खेल (२००४ र २०११) मा बराबरी भएको थियो । फ्रान्स विश्वकपको फाइनलमा तेस्रो पटक पुगेको हो भने क्रोयशिया पहिलो पटक फाइनल खेल्दैछ । 

विश्वकप २०१८ कै गोल अन्तरलाई हेर्ने हो भने फ्रान्सले २–१ अस्ट्रेलिया, १–० पेरु, ०–० डेनमार्क, ४–३ अर्जेन्टिना, २–० उरुग्वे र १–० बेल्जियम गरि कुल १० गोल गरेको छ ।  त्यस्तै क्रोयशियाले २–० नाइजेरिया, ३–० अर्जेन्टिना, २–१ आइसल्यान्ड, १–१ डेनमार्क (३–२ टाइब्रेकर), २–२ रुस (४–३ टाइब्रेकर), २–१ इंग्ल्यान्ड (अतिरिक्त समय) गरि १२ गोल गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी