२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्रोएसियालाई ४–२ ले पराजित गर्दै विश्वकप २०१८ को विश्वबिजेता बन्यो फ्रान्स

२०७५, ३१ असार आईतवार १७:१९

असार ३१, काठमाडौँ । विश्वकप २०१८ को खेल सम्पन्न भएको छ । रसियामा जारी विश्वकप खेलमा आइतबार सम्पन्न फाइनल खेलमा क्रोयशियालाई ४-२ गोलले पराजित गर्दै फ्रान्सले दोश्रो पटक विश्व बिजेताको उपाधि जितेको छ । 


रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा सम्पन्न भएको फाइनल खेलमा क्रोएशियाको आकर्षक प्रदर्शनका बाबजुत फ्रान्सले ४-२ गोलले जित हात पारेको हो । फ्रान्सलाई उपाधि दिलाउन फ्रान्सले २ गोल क्रोएशियाकै गल्तीका कारण उपहारमा पाएको थियो ।  जसमा फ्रान्सले अघिल्ला २ गोल आत्मघाती र डिबक्स भित्रको ह्याण्डबलका कारण पेनाल्टी मार्फत गरेको थियो । फ्रान्सका लागि एन्टोइनी ग्रिजम्यान, किलियन एमबाप्पे र पाउल पोग्बाले १/१ गोल गरे ।

खेलको १८औं मिनेटमा क्रोएसियाका मारियो मान्डजुकिकले बचाउने क्रममा आत्मघाती गोल गर्न पुगेका थिए । फ्रान्सका एन्टोइनी ग्रिजम्यानले प्रहार गरेको फ्रिकिक बचाउने क्रममा उनले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए । जसको कारण फ्रान्सले १-० को अग्रता लियो ।

त्यसपछि खेलको २८औं मिनेटमा क्रोएसियाले गोल गर्दै खेललाई बराबरीमा ल्याउन सफल भयो । जुन बेला क्रोएसियाका लागि पेरिसिकले उत्कृष्ट गोल गरेका थिए ।


त्यसपछि खेलको ३८ औं मिनेटमा क्रोएसियाका खेलाडीले आफ्नो डिबक्सभित्र फल गरेपछि फ्रान्सले पेनाल्टी पायो र त्यसलाई सदुपयोग गर्दै फ्रान्सका एन्टोइनी ग्रिजम्यानले गोल गरेर फ्रान्सलाई २-१ को अग्रता दिलाए । 

खेलको पहिलो हाफ २-१ मा रोकियो । दोश्रो हाफ पछी फ्रान्सले उत्कृष्ट प्रदर्शन गर्यो । जुन क्रममा खेलको ५९औं मिनेटमा फ्रान्सका पोग्बाले गोल गर्दै फ्रान्सलाई ३–१ गोलको अग्रता दिलाए भने खेलको ६५ औं मिनेटमा एम्बाप्पेको अर्को गोलमा ४–१ गोलमा फ्रान्सले अग्रता लियो । 


त्यसपछि क्रोएसियाका लागि ६९ औं मिनेटमा मारियो मान्डजुकिकले गोल गर्दै ४–२ गोलको स्थितिमा पुर्याए तर त्यसपछि कुनै गोल हुन सकेनन् । 


यस संगै फ्रान्सले विश्वकप २०१८ को उपाधि उचालेको छ भने क्रोयशिया उपविजेता बनेको छ । पहिलो पटक फाइनलमा पुगेको क्रोयशिया उपविजेतामा चित्त बुझाउँदा फ्रान्सको लागि भने यो उपाधि दोश्रो विश्व विजेताको उपाधि बनेको छ ।  यसअघि फ्रान्सले सन् १९९८ मा विश्वकप फुटबलको उपाधि उचालेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति