२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल र नेदरल्याण्ड्सबीचको खेल जारी, नेदरल्याण्डले चौथो विकेट गुमायो

२०७५, १६ श्रावण बुधबार १०:२३

साउन १६, काठमाडौ | नेपाल र नेदरल्याण्ड्सबीचको पहिलो एक दिवसीय खेल लन्डनमा जारी छ । 

नेदरल्याण्ड्सस्थित भि आर ए मैदानमा भर्खरै शुरु भएको खेलमा टस जितेर नेदरल्याण्ड्सले ब्याटिङ रोजेको हो । यो समाचार तयार पार्दासम्म नेदरल्याण्डले ४ विकेट गुमाएर १०३ रन जोडेको छ ।  २३.३ ओभरको खेल चल्दैगर्दा ४ विकेट गुमाईसकेकोले नेपालले आजको खेल जित्न सक्ने आशा गर्न सकिन्छ । 

गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु को उपविजेता बन्दै नेपालले एक दिवसीय मान्यता पाएको थियो । 

नेदरल्याण्ड्सको निमन्त्रणामा त्यहाँ पुगेको नेपाली टोलीको नेतृत्व पारस खड्काले गरेका छन् । पारससँगै नेपाली टोलीमा इण्डियन प्रिमियर लिग (आइपिएल) र टोली विश्व–११ मा समेत स्थान बनाइसकेका युवा स्टार सन्दिप लामिछानेसमेत सामेल छन् । 

त्यस्तै अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल छन् । 

नेदरल्याण्डमा एक दिवसीय दुईवटा खेल हुनेछन् । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट एक दिवसीय मान्यता पाएयता यो स्वरुपको खेल खेल्न लागेको पहिलो अवसर हो । 

पिटर सिलार कप्तानीमा रहेको नेदरल्याण्ड्स टोलीमा बेस्ले बारेसी, बास डे लिडी, बेन कुपर, स्कट इडवार्ड्स, फ्रेड क्लासन, हिडे ओभरजिक स्टेफिन माइबुर्घ, पाउल भान मिकेरेन, म्याक्स ओडोड, हिडी ओभरजिक्स, मिचेल रिप्पोन, सेन स्टनर, ड्यानियल टेर ब्राक छन् । 

नेपाल र नेदरल्याण्ड्सबीच आम्स्ट्राडाममा दोस्रो एक दिवसीय खेल यही साउन १८ गते हुनेछ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति