२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकदिवसीय क्रिकेटमा नेपालको डेब्यू खेल: नेपाल नेपालल्याण्ड्सँग ५६ रनले पराजित

२०७५, १६ श्रावण बुधबार १६:१५

साउन १६, काठमाडौं । पहिलो एकदिवसीय क्रिकेट खेलमा बुधबार नेपाल नेदरल्याण्डसँग ५६ रनले पराजित भएको छ । सुरुवातमा आकर्षक खेलेको नेपालले पछी सम्हालिएर खेल्न नसक्दा ४१.५ ओभरमा सबै विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो । नेपालल्याण्ड्सँग ले पराजित हुन पुगेको हो ।

१९० रनको लक्ष्य पछ्याएको नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । अनिलले व्यक्तिगत २१ रन जोडेका थिए भने ज्ञानेन्द्रले अर्ध सतक जोड्दै ५१ रन बनाएका थिए ।

त्यसपछि नेपालका खेलाडीले ठूलो साझेदारी खेल्न सकेनन् । दोस्रो विकेटका रुपमा कप्तान पारस खड्का आउट भए भने थप दुई रन जोड्दा ज्ञानेन्द्र मल्ल पनि पभेलियन फर्किए ।

त्यस्तै आरिफ शेख पनि सस्तैमा आउट भए । छैटौं नम्बरमा आएका सोमपाल कामी पनि बिना रन आउट भए । छैटौं विकेटका रुपमा बसन्त रेग्मी आउट हुँदा नेपालको स्कोर १०६ रन थियो ।

त्यसपछि आएका दिपेन्द्र सिंह ऐरीले ३३ रन जोडेर आउट भए । 

यस अघि पारसखड्काले ४ विकेट र सोम्पाल कामीले ३ विकेट लिएका थिए । नेदरल्याण्ड्सले टस जितेर ब्याटिङ रोजेको थियो  । घरेलु टोली ४७.४ ओभरमा सबै विकेट गुमाएर १८९ रन बनाएको थियो । उसका लागि रिपोनले सर्वाधिक ५१ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति