२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीस वर्षको प्रयासपछि नेपाललाई ऐतिहासिक सफलता

२०७५, १८ श्रावण शुक्रबार १७:५७

कुमार चौलागाई | साउन १८, काठमाडौँ (रासस) | अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को सदस्यता पाएको ३० वर्षपछि नेपालले एक दिवसीय क्रिकेटको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक जित दर्ता गरेको छ । 

दोस्रो अन्तर्राष्ट्रिय एक दिवसीय खेल खेलेको नेपालले नेदरल्यान्ड्सलाई उसकै घरेलु मैदानमा एक रनले पराजित गर्दै इतिहास रच्न सफल भएको हो । २१७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको नेदरल्यान्ड्सले पुरै ओभर खेल्दै २१५ रन मात्र बनाउन सक्यो । 

नेपालका लागि सन्दिप लामिछाने ३, ललित भण्डारीले २, सोम्पाल कामी, कप्तान पारस खड्का, वसन्त रेगमी र दिपेन्द्रसिंह एैरीले समान एक÷एक विकेट लिएका थिए । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २१६ रनको योगफल बनाएको थियो । 

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६१ रन बनाए । उत्कृष्ट ब्याटिङ गरेका उनले ४६ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै ६१ रन जोडेका हुन् । त्यस्तै नेपाली टोलीका कप्तान पारस खड्काले पनि अर्धसतक प्रहार गरे । ६९ बल खेलेका उनले दुई छक्का र ६ चौका प्रहार गरे । 

सुवास खकुरेल १९, दीपेन्द्रसिंह ऐरी १९, अरिफ शेख १६, उपकप्तान ज्ञानेन्द्र मल्ल १३, सन्दीप लामिछाने आठ, अनिलकुमार साह चार, ललित भण्डारी चार, रोहितकुमार पौडेल छ तथा वसन्त रेग्मीले एक रनमात्र जोडे । 


बलिङतर्फ नेदरल्यान्ड्सका फ्रेड क्लासेनले तीन विकेट लिए भने पिटर सिलर र माइकल रिप्पोनले दुई/दुई विकेट लिए । दुई खेलको शृंखलामा नेपाल यसअघि बुधबार भएको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ५५ रनले पराजित भएको थियो । योसँगै २ खेलको सिरिज १/१ को बराबरीमा सकिएको छ । 

सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको थियो भने नामिवियामा गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको हो । 

सन् २०१० मा डिभिजन–५ मा रहेको नेपालले आठ वर्षको अन्तरमा ठूलो फड्को मारेको हो । नेपालले सन् १९९६ मा आइसिसीबाट एसोसिएट टिमको मान्यता पाएसँगै अन्तर्राट्रिय क्रिकेट खेल्न थालेको थियो । शुरुवातमा नेपालले आइसिसी र एसिसीका विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गरेको थियो । 

सन् २००८ मा नेपाल फिजीसँग हार्दा दुई वर्ष डिभिजन–५ मै रह्यो । सन् २०१० मा भने घरेलु भूमिमा आयोजना भएको डिभिजन–५ प्रतियोगितामा अमेरिकालाई पराजित गर्दै नेपाल च्याम्पियन नै बन्यो । त्यही वर्ष नेपालले डिभिजन–४ खेल्ने अवसर पाएको थियो । इटालीमा भएको डिभिजिन–४ मा नेपाल तेस्रो स्थानमै सीमित बन्यो । 

सन् २०१२ मा मलेसियामा भएको डिभिजन–४ मा नेपालले अर्को सफलताको खुड्किलो उक्लियो । नेपाल डिभिजन–४ को च्याम्पियन बनेर डिभिजन–३ मा पुग्यो । सन् २०१३ मा नेपाल डिभिजन–३ को च्याम्पियन बनेको थियो । डिभिजन–३ को च्याम्पियन बनेपछि नेपालले विश्वकप छनोट प्रतियोगितामा स्थानसमेत बनाएको थियो । 

एकपछि अर्को राम्रो प्रदर्शन गर्दै अघि बढेको नेपाल सन् २०१४ मा डिभिजन थ्रीको दोस्रो पटक विजेता बन्यो । २०१४ मै नेपालले टि–ट्वान्टी विश्वकप क्रिकेट पनि खेलेको थियो । सन् २०१५ मा नेपालले डिभिजन–२ प्रतियोगिता खेल्यो । तर चौथो स्थानमा सीमित भयो । यद्यपि, नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा भने स्थान बनाउन सफल भयो । 

दुई वर्ष चलेको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सातौँ स्थानमै सीमित बन्दा नेपाल फेरि डिभिजन–२ खेल्न बाध्य भएको थियो । सन् २०१८ को फेब्रुअरीमा नामिबियामा भएको डिभिजन–२ मा दोस्रो हुँदै नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउन सफल भयो । 

लगत्तै जिम्बावेमा भएको विश्वकप छनोटमा समूह चरणबाट बाहिरिए पनि नेपालले प्लेअफमा पपुवा न्युगिनीलाई पराजित गर्दै एकदिवसीय मान्यता पाउने कान्छो टोली बन्न सफ भयो । नेपालसहित वान डे मान्यता पाउने टोलीको संख्या अब २३ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति