२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्रिकेट टोली स्वदेश फिर्ता

२०७५, २१ श्रावण सोमबार ०७:२४

साउन २१, काठमाडौँ | नेदरल्याण्ड्सविरुद्ध ऐतिहासिक एकदिवसीय क्रिकेट शृङ्खला खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेदरल्याण्ड्ससितको एकदिवसीय खेलमा नेपालको प्रदर्शन राम्रो रहेको बताए । पहिलो खेल कमजोर ब्याटिङ्का कारण गुमाए पनि दोस्रोमा उत्कृष्ट खेल प्रदर्शन गरेको उनले बताए । नेपाली क्रिकेटको आगामी यात्रा एशिया कप भएकाले त्यसमा अझ राम्रो प्रदर्शन गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

एसीसी एशिया कप छनोट प्रतियोगिता आगामी भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुँदैछ । नेपाली टोली बेलायतको लड्समा त्रिकोणात्मक टी–२० शृङ्खला र नेदरल्याण्ड्समा दुई खेलको एकदिवसीय शृङ्खला खेलेर स्वदेश फर्किएको हो । 

नेदरल्याण्ड्स जानुअघि नेपाली टोलीले बेलायतको लड्समा आयोजक मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)सँग टि–२० खेलेको थियो । उक्त खेलमा नेपाल विजयी भएको थियो । नेदरल्याण्ड्ससँगको एकदिवसीय शृङ्खलामा पहिलो खेलमा नेपाल ५५ रनले पराजित भएको थियो भने दोस्रो खेलमा एक रनले विजयी भएको थियो । 

सन्दीप वेस्ट इण्डिजतर्फ 

नेपाली टिमका युवा स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न आइतबार वेस्ट इण्डिज गएका छन् । नेदरल्याण्ड्सबाट उनी वेस्ट इण्डिज गएका हुन् । सन्दीप सिपिएल टिम सेन्ट किट्स एण्ड नभिस पाट्रिओट्ससँग आवद्ध भएका थिए । सिपिएल यही साउन २२ गतेदेखि भदौ ३१ गतेसम्म हुनेछ । सिपिएलमा ६ टोली सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति