२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खेलकूद क्षेत्रको विकासका लागि १५ वर्षे गुरुयोजना तयार

२०७५, २४ श्रावण बिहीबार ०७:२७

कुमार चौलागाई | साउन २४, काठमाडौँ | युवा तथा खेलकूद मन्त्रालयले खेलकूद क्षेत्रको विकास गर्न १५ वर्षे गुरुयोजना तयार गरेको छ । यो गुरुयोजनालाई यसै वर्षदेखि लागू गर्ने मन्त्रालयको तयारी छ । 

नेपालको तेह्रौँ योजना (२०७०÷७१ देखि २०७३÷७४) मा घोषित ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ नाराको मूल मर्म र भावनाबमोजिम रणनीतिक ढंगबाट खेलकूदको विकास गर्ने दीर्घकालीन सोच, दृष्टिकोण र प्रणालीगत परिपाटीको अभाव रहेको तथ्यलाई मनन गरेर मन्त्रालयले १५ वर्षे नयाँ गुरुयोजना तयार गरेको हो । 

राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा खेलकूद गतिविधि सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधारको विकास नहुनु, यस कार्यमा निजी क्षेत्रलाई प्रभावकारीरुपमा समेट्न नसक्नु जस्ता समस्या र चुनौतीलाई स्वीकार गर्दै नेपालको खेल क्षेत्रको विकासका लागि गुरुयोजना तयार गरिएको युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले राससलाई जानकारी दिनुभयो । 

गुरुयोजनामा ५, १० र १५ वर्षभित्र सम्पन्न गर्ने कार्य लक्ष्य निर्धारण गरिएको छ । यसमा पाँच वर्षभित्र व्यापक र समावेशी सहभागिताअन्तर्गत खेलकूदमा महिला सहभागिता कम्तीमा ३३ प्रतिशत, १० वर्षभित्र ४५ र १५ वर्षभत्र ५० पु¥याउने प्रस्ताव गरिएको छ । 

खेल पूर्वाधार निर्माणतर्फ आगामी पाँच वर्षभित्र नेपालका सबै विद्यालयमा खेलकूदका आधारभूत पूर्वाधार निर्माण र खेल प्रशिक्षकको व्यवस्था, १० वर्षभित्र प्रत्येक प्रदेशमा कम्तीमा एउटा अन्तर्राष्ट्रियस्तरको फूटबल मैदान, प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान, १५ वर्षभित्र प्रत्येक प्रदेशमा एक÷एकवटा अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय खेलग्राम निर्माण गर्ने योजना छ । 

पाँच वर्षभित्र दक्षिण एशियाली खेलकूदमा तेस्रो स्थान हासिल गर्ने, १० वर्षभित्र ओलम्पिकमा कास्य पदक प्राप्त गर्ने, १० वर्षमा एशियाली क्रिकेट प्रतियोगिताको आयोजन गर्ने, १५ वर्षभित्र एशियाली खेलकूद नेपालमै आयोजना गर्ने महत्वाकांक्षी लक्ष्य गुरुयोजनामा निर्धारण गरिएको छ । 

खेल पूर्वाधार तथा सेवासुविधाको पर्याप्तता र गुणात्मकता हासिल गर्ने, खेलकूदसम्बन्धी संस्थाहरूको सुदृढीकरण गरी खेल सुशासन कायम गर्ने, खेलाडी, प्रशिक्षक तथा खेल जनशक्तिको प्रोत्साहन तथा सामाजिक सुरक्षालाई व्यापक तुल्याई आकर्षक र मर्यादित बनाउने र खेलकूदको विकास र विस्तारका लागि अन्तर्राष्ट्रिय सम्बन्ध विकास तथा सहयोग परिचालन गर्ने योजनामा पनि यसमा समाविष्ट छ । 

गुरुयोजनामा अशक्त तथा अपांगता भएकाहरूको आवश्यकता र रुचिअनुसारका खेलकूदमा उनीहरूको सहभागितालाई प्रोत्साहन गर्ने योजना समेटिएको छ । बाह्रै महिना खेलकूदका लागि मौसम अनुकूल रहने भौगोलिक अवस्थाको लाभ लिन सकिने गरी नेपाललाई खेलकूदको थलोको रुपमा विकास गर्ने, अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना तथा सहभागिताको उपयुक्त मापदण्ड तयार गरी निश्चित कार्यविधिका आधारमा आयोजना तथा सहभागिताको व्यवस्था गर्ने सोच मन्त्रालयले बनाएको छ । 

गुरुयोजना कार्यान्वयनमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सहकार्य तथा साझेदारिता कायम गरिनेछ भने दातृ निकाय तथा अन्तर्राष्ट्रिय सहायता प्राप्त गर्न आर्थिक कूटनीतिलाई अवलम्बन गरिने छ । यसका लागि नेपाली राजदूतावासहरूलाई समेत उपयोग गरिने छ । 

प्रत्येक निर्वाचन क्षेत्रमा सुविधासम्पन्न र स्तरीय खेलग्राम निर्माण गर्ने, खेलकूदको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा योगदान गर्ने खेलाडी, प्रशिक्षक तथा खेल व्यवस्थापनको वर्गीकरण गरी उनीहरूको सामाजिक सुरक्षाको व्यवस्था गर्ने र खेलाडी तथा प्रशिक्षकका लागि रोजगारीको सुनिश्चितता दिने कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना छ । 

गुरुयोजना चालु आवदेखि नै कार्यान्वयनमा आउने विश्वास मन्त्रालयका खेलकूद विकास शाखा प्रमुख लक्ष्मीप्रसाद भण्डारीले व्यक्त गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति