२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा हुने एशिया कप क्रिकेटका उन्नाइस खेलाडी छनोट

२०७५, २४ श्रावण बिहीबार १२:१९

साउन २४, काठमाडौँ | मलेसियामा हुने एशिया कप क्रिकेटका लागि प्रारम्भिक चरणमा १९ खेलाडी आज छनोट गरिएको छ । 

नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको टोलीले अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, किशोर महतो, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी, सुवास खकुरेल, सुनिल धमला र सुशन भारीलाई छनोट गरेको हो । 

अघिल्लो साता नेदरल्याण्ड्समा सम्पन्न पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलका क्रममा घाइते शरद भेषवाकर प्रारम्भिक टोलीमा परेका छैनन् । नेदरल्यान्ड्सविरुद्धको एकदिवसीय खेलमा नरहेका सुनिल धमला, सागर पुन, विनोद भण्डारी, सुसन भारी र किशोर महतो प्रारम्भिक टोलीमा परेका छन् 

बन्द प्रशिक्षण यही साउन २९ गतेदेखि शुरु हुने नेपाली क्रिकेट टोलीका व्यवस्थापक रमनकुमार सिवाकोटीले जानकारी दिनुभयो । उक्त प्रशिक्षणबाट एशिया कपका लागि १५ सदस्यीय टोली घोषणा गरिनेछ । छनोट प्रतियोगिता आगामी भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुँदैछ । उक्त प्रतियोगितामा युनाइटेड अरब इमिरेट, हङकङ, नेपाल, सिंगापुर, मलेसिया र ओमानबीच प्रतिस्पर्धा हुनेछ । छनोट प्रतियोगितामा सहभागी ६ टोलीमध्ये शीर्षस्थानको टोली भदौ ३० गतेदेखि युएईमा हुने एशिया कपमा छनोट हुनेछ । उक्त प्रतियोगिताबाट छनोट हुने टोली एशिया कपको समूह ‘ए’ मा रहेका भारत र पाकिस्तानका साथ रहनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति