८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल ओमानसँग पराजित

१३ भाद्र २०७५, बुधबार १०:२८

भदौ १३, काठमाडौँ | एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज पहिलो खेलमा नेपाल ओमनसँग सात विकेटले पराजित भएको छ । 

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा सम्पन्न खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो । ओमानका लागि खवार अलीले अविजित ८४ रन बनाए । उनले ९६ बल खेल्दै ४ छक्का र ६ चौका हाने । कप्तान जीसन मक्सुदले अविजित ४५, भैभव वाटेगोन्करले ४१ तथा जतिन्दर सिंहले ३० रनको योगदान दिए । 

बलिङतर्फ कप्तान पारस खड्का एक विकेट लिए । त्यसअघि टस हारेरे ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२१ रन बनायो । सागर पुनले ८३ रन बनाए । ज्ञानेन्द्र मल्लले ४५, आरिफ शेखले ३६ तथा करण केसीले अविजित २६ रन बनाए । ओमानका विलाल खान, मोहम्मद नदिम र अजय लालचेताले दुई÷दुई विकेट लिए । 

आजै सम्पन्न अर्को खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले सिङ्गापुरलाई २१५ रनले पराजित गर्यो । प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमान, युएई, सिङ्गापुर र हङ्कङ सहभागी छन् । प्रतियोगिताको उत्कृष्ट टोलीले यही भदौ ३० गतेदेखि युएईमा हुने एशिया कपमा खेल्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा