२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल ओमानसँग पराजित

२०७५, १३ भाद्र बुधबार १०:२८

भदौ १३, काठमाडौँ | एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज पहिलो खेलमा नेपाल ओमनसँग सात विकेटले पराजित भएको छ । 

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा सम्पन्न खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो । ओमानका लागि खवार अलीले अविजित ८४ रन बनाए । उनले ९६ बल खेल्दै ४ छक्का र ६ चौका हाने । कप्तान जीसन मक्सुदले अविजित ४५, भैभव वाटेगोन्करले ४१ तथा जतिन्दर सिंहले ३० रनको योगदान दिए । 

बलिङतर्फ कप्तान पारस खड्का एक विकेट लिए । त्यसअघि टस हारेरे ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२१ रन बनायो । सागर पुनले ८३ रन बनाए । ज्ञानेन्द्र मल्लले ४५, आरिफ शेखले ३६ तथा करण केसीले अविजित २६ रन बनाए । ओमानका विलाल खान, मोहम्मद नदिम र अजय लालचेताले दुई÷दुई विकेट लिए । 

आजै सम्पन्न अर्को खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले सिङ्गापुरलाई २१५ रनले पराजित गर्यो । प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमान, युएई, सिङ्गापुर र हङ्कङ सहभागी छन् । प्रतियोगिताको उत्कृष्ट टोलीले यही भदौ ३० गतेदेखि युएईमा हुने एशिया कपमा खेल्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति