२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली क्रिकेटमा सन्दीप लामिछानेको नयाँ कीर्तिमान

२०७५, १४ भाद्र बिहीबार १०:४३

भदौ १४, काठमाडौँ | नेपाली क्रिकेटमा सन्दीप लामिछानेको फेरी अर्को कीर्तिमान राखेका छन् । १८ वर्षीय क्रिकेटर सन्दीप लामिछानेले इन्डियन प्रियमिर लिग (आईपीएल) र क्यारेबियन प्रिमियर लिग (सीपीएल) र ग्लोबल टी-२० लिग कयानडामा समेत आफुलाई अब्बल स्थानमा राख्न सफल भईसकेका नेपाली क्रिकेटर हुन् । सन्दीप नेपालबाट वान डे इन्टरनेशनल (ओडीआई) मान्यता प्राप्त खेलमा सबैभन्दा धेरै विकेट झार्न सफल भएपछि उनले अर्को कृतिमानी राखेका हुन् । 

आज मलेसियाको क्वालालाम्पुरमा जारी एसिया कप क्रिकेट छनोट प्रतियोगता अन्तर्गत युएईविरुद्धको खेलमा नेपालले हार व्यहोरेपनि सन्दिपले चार विकेट लिन सफल भएका थिए । सन्दीपले यसअघि नेदरल्यान्ड्सविरुद्ध भएको पहिलो सिरिजका दुईवटा खेलमा पनि ४ विकेट लिएका थिए । नेदरल्यान्ड्स र युएईविरुद्ध लिएकोसहित सन्दीपको विकेट संख्या ८ पुगेको छ । आजको खेलमा सन्दिपले १० ओभर बलिङ गर्दै २ मेडनसहित केबल २४ रन मात्रै दिएर ४ विकेट पतन गराउन सफल भएका थिए । 

त्यस्तै सन्दीपले केबल २४ खेलमा ५० विकेट लिने पहिलो नेपाली बनेर अर्को क्रितिमानी राखेका छन् । सन् २०१६ मा विश्व क्रिकेट लीग च्याम्पियनसिप अन्तर्गत नामिबियाविरुद्ध टियु मैदाना डेब्यु गरेका उनले लिस्ट ए खेलमा आफ्नो विकेट संख्या पनि ५० पुर्‍याएका हुन् ।

अर्का क्रिकेटर वसन्त रेग्मीले पनि एसिया कप क्रिकेट छनोट अन्तर्गत युएईको २ विकेट लिएर लिस्ट ए मा ३८ खेल खेल्दै विकेट संख्या ५० विकेट पुर्‍याएका छन् । 

युएईसँग नेपाल पराजित 

यसै बीच एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेपछी एसियाकपबाट बाहिरिने सम्भावनामा पुगेको छ । बिहीबार युएईसँग ७८ रनले हारेसँगै नेपालको एसिया कप खेल्ने सम्भावना टाढिएको हो । नेपालले अब बाँकी तीन खेल क्रमशः मलेसिया, सिंगापुर र हङकङसँग खेल्नु पर्नेछ । बाँकी तीन वटै खेल जित्दा पनि नेपालको अंक ६ मात्र हुनेछ ।

हालै मात्र एक दिवसीय मान्यता पाएको नेपाल छनोट प्रतियोगिता जितेर भारत र पाकिस्तानसँग एसिया कप खेल्ने लक्ष्यका साथ मलेसिया पुगेको थियो । युएईले दिएको २५५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर सकिन ७ बल बाँकी छदा सबै विकेटको क्षतिमा १७६ रन मात्रै बनाउन सक्यो । नेपालका सुवास खकुरेल र दीपेन्द्रसिंह ऐरी बाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

सुवासले ५० र दीपेन्द्रले ४० रन बनाए । नेपालका लागि उच्च स्तरका ब्याट्सम्यान चल्न सकेनन् । कप्तान पारस खड्का १६, उपकप्तान ज्ञानेन्द्र मल्ल ४, सागर पुन र आरिफ शेख समान ३-३ रनमा आउट भए ।

यद्यपि नवौं नम्बरमा ब्याटिङ गर्न आएका सोमपाल कामी र १०औं नम्बरमा आएका बसन्तले ३४ रनको साझेदारी गर्दै नेपाललाई ठूलो अन्तरको हारबाट जोगाए । सोमपालले अविजित २७ र बसन्तले १२ रन बनाएका थिए । बलिङतर्फ युएईका अहमद राजाले ४ र मोहम्मद नभिदले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको थियो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा युएईले उत्कृष्ट सुरुवात गरेको थियो । युएईका लागि चिराग सुरीले ६५, एड्नान मुफ्तीले अविजित ५७, अश्फाक अहमदले ४५ र र रमिज शाहजादले ३६ रन बनाए ।

सन्दीपले पूरै १० ओभर बलिङ गर्दै २ ओभर मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिन सफल भए । त्यस्तै, नेपालका लागि बसन्त रेग्मी र सोमपाल कामीले समान २-२ विकेट लिए । बसन्तले १० ओभर बलिङ गर्दै ४९ रन खर्चेर २ विकेट लिए । सोमपालले १० ओभर बलिङ गर्दै ५८ रन खर्चेर २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?