२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साफ च्याम्पियनसिप सेमीफाइनल: नेपाल vs माल्दिभ्स, पाकिस्तान vs भारत

२०७५, २४ भाद्र आईतवार १७:१४

भदौ २४, काठमाडौं | साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेल नेपाल र माल्दिभ्सबीच हुने भएको छ । आइतबार भएको समूह बीको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई २-० गोलले पराजित गरेपछि नेपालले माल्दिभ्स प्रतिद्वन्द्वी पाएको हो ।

आइतबार भएको एकपक्षीय खेलमा भारतका लागि निखिल पुजारी र मनभीर सिंहले एक/एक गोल गरेका थिए । भारत पनि समूह बीको विजेताका बन्दै सेमिफाइनलमा पुगेको छ । उक्त ग्रुपबाट श्रीलंका भने बाहिरिएको छ । 

माल्दिभ्स र श्रीलंकाको समान एक/एक अंक भए पनि माल्दिभ्सले गोल अन्तरका आधारमा अन्तिम चारमा स्थान बनाएको हो । माल्दिभ्स र श्रीलंकाले एकापसमा गोलरहित बराबरी खेल्दा भारतसँग समान २-० गोलको हार भोगेका थिए। गोलअन्तर र हेड टु हेडतर्फ दुवै टिमको समान अंक भएपछि टसबाट समूह उपविजेता टुंगो गरियो । त्यसक्रममा माल्दिभ्सले टस जित्दै अन्तिम चारको यात्रा तय गर्न सफल भयो । उता पाकिस्तान र भारतको सेमिफाइनलमा सामना हुने भएको छ । 

साफ च्याम्पियनशिप अन्तर्गत सेमिफाइनल खेलको पहिलो खेल बुधबार नेपाल र माल्दिभ्स बीच हुनेछ भने सोही दिन अर्को खेलमा भारतले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने भदौ ३० गते शनिबार हुनेछ ।

यस्तो छ समूह चरणको अंक तालिका: 


सन् २०१३ पछि नेपाल पहिलो पटक सेमिफाइनल पुग्न सफल भएको हो । नेपालको यो चौथो पटकको सेमिफाइनल यात्रा हो । यसअघि नेपाल १९९९, २०११ र २०१३ मा अन्तिम चारमा पुगेको नेपाल अहिलेसम्म साफ च्याम्पियनशिपमा बिजेता बन्न सकेको छैन । १९९३ को सार्क गोल्डकपको खेलमा नेपाल तेस्रो भएपनि त्यति बेला चार राष्ट्रले मात्र भाग लिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति