2026-06-28 12:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एएफसी यु–१६ महिला च्याम्पियनसिप: नेपाल फिलिपिन्ससंग भिड्दै

2018-09-18

असोज २, काठमाडौँ | एएफसी सोह्र वर्षमुनि (यु–१६) महिला च्याम्पियनसिप छनोटको उद्घाटन खेलमा नेपालले बलियो टोली फिलिपिन्सको सामना गर्दैछ । 

आगामी सन् २०१९ मा थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको पहिलो चरणको छनोटअन्तर्गत समूह इ का खेलमा नेपालले विजय लक्ष्यका साथ भोलि बुधबार फिलिपिन्सको सामना गर्दैछ । पहिलो चरणमा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसमा घरेलु टोली नेपालसहित फिलिपिन्स, म्यानमा र मलेसिया छन् । उक्त प्रतियोगिताको खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ । 

नेपाली टोलीकी मुख्य प्रशिक्षक गङ्गा गुरुङले उक्त प्रतियोगिताको तयारी राम्रो रहेको भन्दै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बताउनुभयो । उहाँले अघिल्लो चरण प्रवेशको लागि पनि फिलिपिन्सविरुद्धको खेल महत्वपूर्ण हुने भन्दै नतिजा आफनो पक्षमा पार्न सक्दो प्रयास गर्ने बताउनुभयो । नेपाली टोलीकी कप्तान प्रिती राईले आफूहरु मानसिकरुपमा तयार रहेको बताउनुभयो । फिलिपिन्सका प्रशिक्षक मारिऐ बेनिटेजले आफ्नो टोलीको तयारी राम्रो रहेको भन्दै प्रतियोगितामा राम्रो नतिजा निकाल्ने आशामा रहेका छौ भन्नुभयो । 

नेपालले दोस्रो खेलमा म्यानमासँग शुक्रबार खेल्नेछ । छनोटको अन्तिम खेलमा नेपालले मलेसियासँग आगामी आइतबार खेल्नेछ । समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछन् । फाइनल चरणमा आठ टोलीले खेल्नेछन् । आयोजक थाइल्याण्डसहित, जापान, दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणको लागि यसअघि नै छनोट भइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी