२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चौध क्लबले खेलाडी दर्ता गराए

२०७५, ६ आश्विन शनिबार १२:१०

असोज ६, काठमाडौँ | यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि १४ क्लबले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा खेलाडी दर्ता गरेका छन् । 

एन्फाले दिएको शुक्रबारसम्मको समयसीमाभित्र ‘ए’ डिभिजनका १४ क्लबले न्यूनतम १८ देखि अधिकतम ३५ खेलाडी एन्फामा दर्ता गराएका छन् । एन्फाले यसै वर्षदेखि खेलाडी दर्ताको प्रावधान ल्याएको हो । एन्फाले कम्तीमा १८ खेलाडी अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान राखेको थियो । 

खेलाडीको दर्तासँगै मेडिकल इन्स्योरेन्स तथा खेलाडीले पाउने पारिश्रमिकको सम्झौतापत्रसमेत क्लबले एन्फामा दर्ता गराएको महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो । 

एन्फाले शुरुमा भदौ ३० गतेको समयसीमा राखेर खेलाडी दर्ताका लागि क्लबलाई आह्वान गरको थियो । तर क्लबले तयारी नपुगको भन्दै समय मागेपछि एकसाता समय थप गरिएको थियो । 

शुक्रबारसम्म सहभागी १४ क्लबले विदेशी खेलाडीलाई समावेश गर्दै एन्फामा अनलाइन र हार्डकपी बुझाएका छन् । क्लबले दर्ता गरेको खेलाडीलाई सूचीकृत गर्ने काम भइरहेको बताउँदै ‘ए’ डिभिजनका लिग निर्देशक सञ्जीव मिश्रले एक दुई दिनमै खेलाडीको नामावली सार्वजनिक गर्ने बताउनुभयो । 

सहभागी १४ मध्ये १२ क्लबले अनलाइनसहित हाडकपीसमेत एन्फामा बुझाएका छन् भने फ्रेण्ड्स क्लब र मनाङ मस्र्याङ्दीले अनलाइनबाट मात्र नाम दर्ता गराएका छन् । लिग सञ्चालनका समयमा समेत क्लबलले आवश्यक परेको अवस्थामा खेलाडी दर्ता गर्न पाउने एन्फाले जनाएको छ । 

यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेल न्यूरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुनेछ । 

लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्री स्टार, मनाङ मर्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जाउलाखेल युथ क्लब, फ्रेण्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले खेल्नेछन् । 

राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कूल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख पाउनेछन् । 

लिगको चौंथो टोलीले रु १५ लाख, पाँचांै टोलीले रु सात लाख र छैटौँंले रु पाँच लाख पाउनेछन् । फेयर प्ले टिमले एक लाख पाउने छन् । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार दिनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५४ क्षेत्रकाे मतपरिणाम सार्वजनिक मङ्गलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना समानुपातिकतर्फको मतपरिणाम अनुसार रास्वपाले १९ लाख मत प्राप्त १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित ललितपुर–२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी