२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ए’ डिभिजन खेल तालिकामा परिवर्तन

९ आश्विन २०७५, मंगलवार ०७:५४

कुमार चौलागाईं | असोज ९, काठमाडौँ | पाँच वर्षको अन्तरालमा हुन लागेको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका केही परिवर्तन हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा), लिग कमिटीका पदाधिकारी र ‘ए’ डिभिजन क्लबका प्रतिनिधिबीच सोमबार साँझ भएको छलफलमा नेपालले बङ्गबन्धु गोल्डकपमा सहभागिता जनाउने भएपछि लिगको खेलतालिका परिवर्तन गर्ने सहमति भएको थियो । 

‘ए’ डिभिजन लिग असोज १३ गतेदेखि शुरु हुँदैछ भने बङ्गबन्धु गोल्डकपमा नेपालको राष्ट्रिय टोलीले असोज १४ देखि २६ गतेसम्म सहभागिता जनाउनेछ । 

राष्ट्रिय टोलीका खेलाडीहरू ‘ए’ डिभिजनका छ क्लबमा आबद्ध छन् । बङ्गबन्धुमा सहभागिता जनाएसँगै लिग पनि जारी राख्दा ती क्लबलाई अप्ठेरो पर्र्ने क्लबले बताएपछि खेल तालिका परिवर्तन हुने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिनुभयो । 

“बङ्गबन्धुमा नेपालले सहभागिता जनाउने वा नजनाउने निर्णय भइनसकेको अवस्थामा हामीले लिगको खेल तालिका सार्वजनिक गरेका हौँ । अब नेपालले सहभागिता सुनिश्चित गरेको अवस्थामा केही खेल तलमाथि हुनसक्छ” एन्फा महासचिव इन्द्रमान तुलाधरले भन्नुभयो । 

सहमतिअनुसार असोज १३ गतेदेखि शुरु हुने लिगको उद्घाटन खेल खेलाउने र बङ्गबन्धु गोल्डकप अवधिभर लिग स्थगित गर्ने निर्णय भएको छ । “असोज १३ गते उद्घाटन खेल खेलाउने निर्णय भएको छ, त्यसपछि राष्ट्रिय टोली बङ्गबन्धुमा सहभागी भइञ्जेल लिगका खेल स्थगित हुनेछ,’’ लिग संयोजक विज्ञानराज शर्माले भन्नुभयो । 

नेपाल बङ्गलादेशबाट फर्केलगत्तै लिग पुनः शुरु हुने र त्यसपछिका खेलमा कुनै परिवर्तन नहुने उहाँको भनाइ छ । “बङ्गबन्धु गोल्डकपमा नेपालको प्रदर्शन हेरेर लिगको खेल तालिकाको टुङ्गो लगाउने छौँ, नेपाल अघिल्ला चरण पार गर्न सफल भयो भने तालिका अलि बढी र पहिलो चरणबाटै नेपाल बाहिरिए थोरै मात्र खेल परिवर्तन हृुन्छन्”–उहाँले भन्नुभयो । 

‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा न्यूरोड टोली एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी भिड्नेछन् । आर्मीमा राष्ट्रिय टोलीका चार खेलाडी छन् । असोज १३ गते लिग खेलेको भोलिपल्टै आर्मीका खेलाडी विकेश कुथु, सुमन अर्याल, भरत खवास र नवयुग श्रेष्ठ राष्ट्रिय टोलीसँगै बङ्गलादेश जानेछन् । 

महासचिव तुलाधरका अनुसार ‘ए’ डिभिजन लिगको उद्घाटन गरेपछि बङ्गबन्धु गोल्डकप अवधिभरका लागि लिग स्थगित गर्ने वा राष्ट्रिय खेलाडी अनुबन्धन भएका छन् । क्लबबीचको खेल सञ्चालन गर्ने दुई विकल्पबारे छलफल भए पनि खेल तालिका परिवर्तन गर्न अधिकांश क्लबले प्रस्ताव गरेकाले सो निर्णय गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य