२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित

९ आश्विन २०७५, मंगलवार १३:३३

असोज ९, काठमाडौँ (रासस) | भारतमा जारी ४६ औँ संस्करणको एशियन १८ वर्षमुनि (यू–१८) स्कुल च्याम्पियनसीपमा नेपालले आज चीनलाई पराजित गर्दै विजयी भएको छ । 

भारतको आगरामा भएको खेलमा नेपालले चीनलाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यसअघि दुई खेल खेलेको नेपालले दुवै खेलमा हार बेहोरेको थियो । नेपाल थाइल्याण्डसँग २–० र इन्डोनेसियासँग २–१ गोलअन्तरले पराजित भएको थियो । 

नेपालको जितमा टीका गुरुङले दुई गोल गरे भने दिनेश हेन्जनले एक गोल थपे । खेल सुरुवातीको सातौँ मिनेटमा टीकाले गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको पहिलो हाफको ३२ औँ मिनेटमा चीनका खेलाडीले एक गोल गर्दै एक एक गोलको बराबरीमा ल्याए । 

त्यसैगरी खेलको ७० औं मिनेटमा नेपालका लागि दिनेशले एक गोल थपे भने उनले गोल गरेको चार मिनेट बित्न नपाउदै टीकाले एक गोल थपे । नेपालले समूह चरणको अन्तिम खेल भोलि बुधबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । 

नेपाली खेलाडी रिजेन्द्रले क्यानडाका जीएमलाई हराए 

जर्जियामा जारी ४३औँ चेस ओलम्पियाडमा नेपालका रिजेन्द्रराज भण्डारीले क्यानडाका जीएम अमनहाम ब्लेटोनलाई १–० अङ्कले हराएका छन् । 

आज भएको पहिलो चरणको खेलमा रिजेन्द्रले जिते पनि नेपाली पुरुष टोली क्यानडासँग समग्रमा ३–१ ले पराजित भयो । 

नेपाली टोलीका अन्य खेलाडीहरु मदनकृष्ण कायस्थ क्यानडाका जीएम इरिक हसनसँग, विवेक लामा जीएम राजभान प्रेतुसँग र रुपेश जैसवाल आईएम निकोली नोरिस्यानसँग पराजित भए । 

यसैगरी महिलातर्फ पहिलो चरणको खेलमा नेपाली टोली लात्भियासँग ४–० ले पराजित भएको छ । नेपालकी सुशीला गुरुङ लात्भियाकी डब्लूजीएम लौरा रोमुलसँग, सिन्दीरा जोशी डब्लूजीएम लाजे बोरजीनासँग, सुजना लोहनी डब्लूएफएम इलिना ओटिकोभासँग र नेपाल च्याम्पियन मोनालिसा खम्बु डब्लूएफएम लिन्दा कुरमिनासँग पराजित भए । 

दोस्रो चरणमा महिला टोलीले कोस्टारिकासँग प्रतिस्पर्धा गर्नेछ । असोज १९ गतेसम्म चल्ने उक्त चेस ओलम्पियाडमा १८५ देशका १६ सय ६८ खेलाडीले प्रतिस्पर्धा गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य