२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालद्वारा अफगानिस्तान १३-१ गोलले पराजित

२०७५, १० आश्विन बुधबार १७:५२

असोज १०, काठमाडौँ (रासस) | भारतमा जारी ४६आँै एसियन यु–१८ स्कुल च्याम्पियनसिपमा नेपालले अफगानिस्तानलाई भारी गोल अन्तरले पराजित गरेको छ । 

भारतको आग्रामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १३–१ गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा दिनेश हेन्जनले चार गोल गरे । बुद्ध तामाङले ह्याट्रिक गरेको खेलमा रितिक खड्काले दुई, नितिन थापा, जय गुरुङ, अशिम गुरुङ र अनिल महर्जनले एक एक गोल गरे । अफगानिस्तानका सियावासी हुसेनीले पेनाल्टीमार्फत एक गोल फर्काए । 

समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई फराकिलो अन्तरले पराजित गरे पनि नेपाल सेमिफाइनल पुग्न सकेन । समूह चरणको दुई खेलमा पराजित भएको नेपालले अब पाँचौँ स्थानका लागि बिहीबार श्रीलङ्कासँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीका व्यवस्थापक रुपेश अधिकारीले जानकारी दिनुभयो । समूह ‘ए’मा रहेको नेपालले मङ्गलबार चीनलाई ३–१ ले हराएको थियो । यसअघि असोज ६ गतेको खेलमा थाइल्याण्डसँग २–० र ९ गते इण्डोनेसियासँग २–१ ले पराजित भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति