२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ए’ डिभिजन लिग: २८ जना विदेशी खेलाडी अनुबन्धित, कुन क्लबले कसलाई भित्र्याए ?

२०७५, ११ आश्विन बिहीबार १०:३२

असोज ११, काठमाडौं  |  यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नौ क्लबबाट २८ विदेशी खेलाडीले सहभागिता जनाउँदैछन् । 

लिगमा सहभागी १४ ‘ए’ डिभिजन क्लबमध्ये नौ टोलीले विदेशी खेलाडी अनुबन्ध गरेका छन् । तीन विभागीय टोलीबाहेक बाँकी ११ क्लबले विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ । अहिलेसम्म च्यासल युथ क्लब र मछिन्द्र क्लबले विदेशी खेलाडी अनुबन्ध गर्न सकेका छैनन् । लिगमा सहभागी २८ विदेशी खेलाडीमध्ये सबैभन्दा बढी नाइजेरियाका १२, क्यामरुनका पाँच, आइभरीकोस्टका चार, गिनीका दुई तथा माली, बुर्किना फासो, घाना र बङ्गलादेशका एक–एक खेलाडी ए डिभिजन लिगमा अनुबन्ध भएका छन् । 

थ्री स्टार, मनाङ मर्स्याङ्दी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, सरस्वती युथ क्लब, न्युरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले विदेशी खेलाडी अनुबन्ध गरेका हुन् । अहिलेसम्म सबैभन्दा बढी चार विदेशी खेलाडी फ्रेन्ड्स क्लबले अनुबन्ध गरेको छ । उसले करिम मोहम्मद नुरुल (बङ्गलादेश), सिल्ला सुलेमाने (गिनी), फोफाना ब्राहिमान (आइभरीकोस्ट) र ओडेह ओलुवासोगो ग्लोरी (नाइजेरिया)लाई क्लबमा भित्र्याएको छ । 

त्यसैगरी थ्री स्टारले अजाइ मार्टिन्स (नाइजेरिया) र पिटर सेगुन (नाइजेरिया), मनाङ मर्स्याङ्दीले ओजानीबुजे भिक्टर अमोबी (नाइजेरिया), अदेलाजा सोमिडे ओलुवाउम्नी (नाइजेरिया) र ओलादिपो अफिज ओलावाले (नाइजेरिया) तथा सङ्कटा क्लबले नोर्बट सेड्रिक अबा (क्यामरुन), अर्नेस्ट टाम्पी (क्यामरुन) र म्याक्सेल इलोन (क्यामरुन)लाई टिममा अनुबन्ध गरेको छ । ब्रिगेड ब्वाइजले काजिम अदेगोके बुसारी (नाइजेरिया), ताजुदिन अदेकुन्ले बुसारी (नाइजेरिया) र अबु करिम हामद सिया (घाना), हिमालयन शेर्पा क्लबले याकुबा सावादोगो (बुर्किना फासो), दादी जुनियर वाम्बा (क्यामरुन) र प्याट्रिक प्रिभाट गोहा (आइभरीकोस्ट), जावलाखेल युथ क्लबले ओलाकेन अफिज लावल (नाइजेरिया), अदामा डुम्बिया (माली) र फोफाना फेडे (गिनी), न्युरोड टीम एनआरटीले क्रिष्टियनवासीले कामिने (क्यामरुन), मसुद ओपेएमी अग्बोला (नाइजेरिया) र कुआसी जिन डिडियर इस्मेल योबोए (आइभरीकोस्ट) र सरस्वती युवा क्लबले सोलो (नाइजेरिया), कासी (नाइजेरिया) र कुलिबाल (आइभरीकोस्ट)लाई क्लबमा भित्र्याएका छन् । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ए डिभिजन क्लबलाई बढीमा चार विदेशी खेलाडी अनुबन्ध गर्ने मापदण्ड कायम गरेको छ । चारमध्ये एकजना सार्क देशको हुनुपर्ने प्रावधान छ । तीन विदेशी खेलाडी अनुबन्ध गरेको अवस्थामा भने उक्त नियम लागू हुने छैन । राउण्ड रोविन लिगको आधारमा हुने सो प्रतियोगितामा कूल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख, चौथो टोलीले रु १५ लाख, पाँचौँ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पुरस्कार पाउने छन् । फेयर प्ले टिमले रु एक लाख पाउने छन् । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार दिनेछ । 

यस्तै लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिनुभयो । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लो पटक २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति