२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

एपिएल क्रिकेट प्रतियोगिता सुरु

२०७५, १२ आश्विन शुक्रबार १६:०८

असोज १२, अर्घाखाँची | अर्घाखाँची सामुदायिक विकास क्लवको आयोजनामा दोस्रो अर्घाखाँची प्रिमियर लिग  ( एपिएल ) क्रिकेट प्रतियोगिता शुक्रबार देखि सुरु भएको छ । प्रतियोगिताको सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विकले व्याटिङ्ग गरेर उद्घाटन गरे । 

उद्घाटन समारोहमा बोल्दै उपप्रमुख विकले खेलकुद क्षेत्रको विकासका लागि सन्धिखर्क नगरपालिकाको कार्यालयले आवश्य रहेको गरिरहेको बताए । उनले त्रिकेट लगायत सबै खेलको आ–आफ्नै खालको महत्व रहेको भन्दै सबै खेलको विकासमा जोड दिए । ‘प्रत्येक वडामा खेल मैदान निर्माण हुन लागिरहेका छन्’ उनले भने, ‘सबै स्थानीय तहले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्छ ।’ प्रदेश र केन्द्रबाट समेत खेलकुदका लागि जिल्लामा वजेट ल्याउनु पर्ने बताए । 


सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले खेलकुदले देशलाई अन्र्तराष्ट्रियकरण गर्नमा निकै ठूलो मद्दत गर्ने हुँदा खेलाडीको विकासमा राज्यले उचित ध्यान पु¥याउनु पर्ने बताए । ‘स्थानीय स्तरमा हुने यस्तै प्रतियोगिताबाटै खेलाडी राष्ट्रिय स्तर सम्म पुग्ने हुन्’ उनले भने, ‘खेलाडीको क्षमता वृद्धि गर्न प्रतियोगिताहरुको निकै आवश्यकता छ ।’ कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु खनाल मुस्कान, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिद्धि प्रसाद भुसाल, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी (लेकाली), खेल पत्रकार कमल विष्ट लगायतले मन्तव्य राख्दै खेलकुदले शारिरीक स्वस्थता सँगै मनोरञ्जन प्रदान गर्ने हुँदा यसको महत्व उजागर गर्नुपर्ने बताए । 


प्रतियोगितामा चार टिमले सहभागिता जनाएको क्लवका अध्यक्ष तथा कार्यक्रम संयोजक ऋषिकेश भट्टराईले जानकारी दिए । प्रतियोगिताको विजेताले १ लाख ५ हजार र उपविजेताले ५५ हजार रुपैयाँ हात पार्ने उनले बताए । यो पुरस्कार जिल्लामा भएका सबै खेल प्रतियोगिता मध्येको अहिले सम्मकै सर्वाधिक हो । चार समुह मध्ये रोयल सन्धिखर्कको कप्तानमा जगत क्षेत्री (सञ्जु),नमस्ते अर्घाखाँचीमा जीवन भट्टराई कप्तान रहेका छन् । 

यस्तै सुपर सुपा च्यालेनजर्समा त्रिभुज कार्की र यम्स स्टारको कप्तानमा विक्रम भुसाल रहेका छन् । प्रतियोगिता २२ गते सम्म चल्ने छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त