८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टी-२० विश्वकप छनोट: नेपालले ३ ओभरमै म्यानमारलाई जित्यो

१७ आश्विन २०७५, बुधबार ०८:०३

असोज १७, काठमाडौं । टी-२० विश्वकपको एसिया ‘बी’ छनोटको पहिलो खेलमा म्यानमारले नेपाललाई दिएको ३० रनको झिनो लक्ष्य नेपालले ३ ओभरमै पुरा गर्दै बिजयी बनेको छ । 

मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको म्यानमारलाई नेपालले १० ओभरमै अलआउट बनाउन सफल भएको थियो । १० ओभरसम्म टिकेको म्यानमारले जम्मा २९ रन मात्र बनाउन सक्यो । जवाफमा नेपालले ३ ओभरको खेल खेलेर २ विकेट गुमाई आफ्नो लक्ष्य पुरा गरेको छ । 

नेपालले ब्याटिङका क्रममा प्रदिप सिङ ऐरीले कुनै रन जोड्न सकेनन् बहने बिनोद भण्डारीले नट आउट १ रन, करण केसीले १४ रन र अनिल कुमार साहले नटआउट ११ रन जोड्न सफल बने ।  

त्यसअघि खेलमा म्यानमारलाई अलआउट गर्ने दौडमा नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिन सफल भए । त्यस्तै ललित राजबंशीले ३ विकेट लिए भने करण केसी र ललित भण्डारीले एक-एक विकेट लिएका थिए । 

म्यानमारको लागि लिन अंङले सर्वाधिक १६ रन जोडे भने नेपालले ६ जना ब्याट्समेनलाई शून्य रनमै आउट गराउन सक्यो । 

दुई वर्षपछि अष्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकप खेल्ने आकांक्षा राखेको नेपाली क्रिकेट टिम त्यसको पहिलो खुट्किलो पार गर्ने लक्ष्यका साथ मलेसियामा खेल्दैछ । पारस खड्काको कप्तानीमा उक्त टोलीले यस पटक छनोट खेलको च्याम्पियन बन्ने दाउमा छ । 

विश्वकप एसिया छनोट ‘बी’ मा नेपालसँगै आयोजक मलेसिया, सिंगापुर, भुटान, चीन, म्यानमार र थाइल्याण्ड छन् । समुहका शीर्ष तीन टोली अर्को चरणमा पुग्नेछन् । एसियाली छनोट ‘ए’बाट यूएई, कतार र कुवेत शीर्ष तीनमा आइसकेका छन् । समूह ‘बी’बाट तीन टोली थपिएर ६ देशबीच खेल हुनेछ र त्यसमा शीर्ष दुई टोलीले विश्वकप छनोटमा स्थान बनाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ