२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालद्वारा अर्को रोचक पर्दर्शन: ९ विकेट गुमिसक्दा थाइल्याण्डको जम्मा १८ रन !

२०७५, २१ आश्विन आईतवार ०९:३७

असोज २१, काठमाडौँ | टि-ट्वान्टी विश्व कप अन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपालले थाइल्यान्डलाई १७३ रनको चुनौती दियो । तर उक्त चुनौती थाइल्याण्डको लागि फलामको चिउरा सरह बनेको छ किनकी नेपालले थाइल्याण्डलाई १८ रन मात्र बनाउन दिएर ९ विकेट पतन गराईसकेको छ । ८.५ ओभरको खेल जारी रहंदा थाईल्याण्डका ९ खेलाडीलाई नेपालले आउट गराईसकेको छ । 

अहिले खेल पानीको कारण प्रभावित भएर रोकिएको छ । 

यस अघि नेपालले मलेसियाको बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । नेपालको लागि खेलमा करण केसीले इनिङ्स उकासेका थिए । उनले नट आउट रहेर सर्वाधिक ४० रन बनाए । करणले १४ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै उच्च स्कोर बनाएका हुन् । त्यस्तै सोमपाल कामीले करणलाई राम्रो साथ दिदै ४ रनमा अविजित रहे ।

नेपालका लागि शरद भेषवाकरले ३४ रन बनाए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ३० रन बनाएर आउट भए । अनिलकुमार शाहले २५ रन बनाए भने विनोद भण्डारी १५ र आरिफ शेखले ८ रन बनाए । यता, उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रनमा आउट हुदा कप्तान पारस खड्का ५ रनमै आउट हुन पुगे । नेपालको विकेट लिने क्रममा थाइल्यान्डका लागि पायुपुथ सुङनार्डले ४ विकेट लिए ।

नेपालले दिएको १७३ रनको लक्ष्य पछ्याउने क्रममा थाइल्याण्डले जम्मा १८ रन मात्र जोडेको छ भने अन्तिम १ जना खेलाडी मात्र बाँकी छन् । ८ औं ओभर जारी रहंदा करण केसीले लगातार २ विकेट लिन सफल भए । त्यस्तै सन्दिप लामिछानेले एकै ओभरमा ३ विकेट लिएर ह्याट्रिकनै गरे । थाईल्याण्डसंगको आजको खेलमा सन्दिपले ५ विकेट लिईसकेका छन् । 

नेपाली बलर सामु थाईल्याण्डका कुनै पनि खेलाडीले सर्वाधिक ७ रन भन्दा बढी जोड्न सकेनन् अझ केहि त बिना रन आउट बने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति