८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित

२६ आश्विन २०७५, शुक्रबार ०८:०८

असोज २६, काठमाडौँ | नेपाल ओकिनावा सुरिकेन सोरिनरियो कराते सङ्घले आफ्ना अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । 

सिङ्गापुर अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका कास्य विजेताद्वय आर्यन रञ्जित, सागर शाही तथा थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपकी रजत विजेता कृति गौतम र कास्य विजेता डिगम्बरप्रसाद पन्तलाई सम्मान गरेको हो । 

सोही अवसमा गत साता भक्तपुरमा भएको विद्या आर्जन उपत्यकाव्यापी कराते तथा किक बक्सिङ प्रतियोगिताको कुमुते ५० केजीमा स्वर्ण जित्नुका साथै उत्कृष्ट खेलाडी घोषित भएकी आयुष तामाङलाई पनि सम्मान गरिएको थियो । 

पाँचैजना खेलाडीलाई सङ्घका उपाध्यक्ष रोशन विष्टले जनही रु पाँच हजारसहित सम्मान गर्नुभयो । सो अवसरमा पाँचै पदक विजेतालाई सङ्घका सल्लाहकार एवं नेपाल भारोत्तोलन सङ्घका उपाध्यक्ष रामकृष्ण श्रेष्ठले रु सात हजार मुल्य बराबरको झोलापनि प्रोत्साहनस्वरुप खेलाडीलाई प्रदान गर्नुभयो । 

कलिलै उमेरमा अन्तर्राष्ट्रिय पदक जितेवापत आठ वर्षीय आर्यनलाई सङ्घका उपाध्यक्ष किशनराज सिंहले रु २० हजार प्रदान गर्नुभयो । सङ्घका सदस्य अच्यूत लामिछानेले पनि प्रोत्साहनस्वरुप आर्यनलाई रु पाँच हजार प्रदान गर्नुभयो । नेपाल तेक्वान्दो सङ्घ काठमाडौँले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई सम्मान गरेको छ । 

सङ्घले बिहीबार एक कार्यक्रमको आयोजना गरी यस वर्ष अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सम्मान गरेको हो । यसै वर्ष अस्ट्रेलियामा भएको गोल्ड कोस्ट ओपन तेक्वान्दो, थाइल्यान्डको चौथो हिरोज तेक्वान्दो, वाटा तेक्वान्दो च्याम्पियनसिप र मकाउमा भएको मकाउ ओपन तेक्वान्दो च्याम्पियनसिपमा पदक विजेता ४२ खेलाडीलाई सम्मानित गरेको कार्यसमितिका सचिव कुमार लामा घिसिङले जानकारी दिनुभयो । पदक विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) केशवकुमार विष्ट, नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष हरिशवर पोख्रेल, तेक्वान्दो सङ्घ प्रदेश–३ का अध्यक्ष केशव पुरीलगायतले सम्मानपत्रद्वारा सम्मानित गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ